निर्णय नं. ९९२७ - क्षतिपूर्ति भराई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९२७ - क्षतिपूर्ति भराई पाऊँ भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०८/१२ ५०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।८।१२ मुद्दा : क्षतिपूर्ति भराई पाऊँ ०७२-CI-०५४९ पुनरावेदक / प्रतिवादी : फैसलामा परोपकार मेटरनटी एण्ड विमेन्स हस्पिटल, थापाथली भनी उल्लेख भएकोमा सो नभई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीको तर्फबाट ऐ.को अख्तियारप्राप्‍त अमरनाथ अमात्य विरूद्ध प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर ०७२-CI-०५४८ पुनरावेदक / प्रतिवादी : साबिकमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत रही हाल अवकाशप्राप्‍त का.जि., का.म.न.पा. वडा नं. ४ बस्ने डा.सुधा थापा विरूद्ध प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर ०७२-CI-०५५२ पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, मडै गा.वि.स. वडा नं. ४ घर भई हाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीका सिनियर मेडिकल अधिकृत (सि.रजिस्ट्रार) पदमा कार्यरत डा. मीना झा विरूद्ध प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर भर्खर जन्मिएकी नाबालकलाई आफूउपर भएको ज्यादती लापरवाही वा अन्याय विरूद्ध उपचार माग्ने हदम्याद निज बालिग भएपछि सुरू हुने भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी निश्‍चित अवस्थासम्म हदम्यादको लचकता वृद्धि हुने सिद्धान्त (Doctrine of Tolling) लाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४० नं. ले अङ्गीकार गरेको देखिने । (प्रकरण नं.४) सामान्यतः चिकित्सकबाट भएको कार्य सम्पादन (Performance) Standard of care भन्दा निम्नस्तरको कार्य / व्यवहार हो अथवा घटनाको कारण यही हो भनी विशेषज्ञ (Expert) ले पहिचान गर्नसक्ने प्रकृतिको हुने भएकोले यस सम्बन्धमा विशेषज्ञको कथन महत्त्वपूर्ण मानिने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री देवेन्द्र झा, श्री गणेश विक्रम कार्की प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योती बानियाँ तथा श्री हरिश्‍चन्द्र तिमल्सेना अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू निर्णय गर्ने निकायः जिल्ला क्षतिपूर्ति समिति, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा फैसला न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।१०।२३ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउन निवेदन परी दोहोर्‍याई हेर्ने निस्सा भएउपर पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- प्रसूतिको लागि अस्पताल लगी जन्म भएको मेरो नाबालक छोरीलाई विपक्षीहरूले उपचारको क्रममा प्रयोग गरेको औषधी र नाबालकलाई सुई दिँदा प्रयोग गरेको पद्धति, उचित पर्याप्तरूपमा हेरचाह र वास्ता नगरी लापरवाही गरी उपचार गरेको कारणले गर्दा नाबालकको देब्रे खुट्टा काटी अपाङ्ग बनाई हानि नोक्सानी पुर्‍याएकोले विपक्षीहरूबाट उपचार खर्च, औषधी खर्च, शारीरिक अपाङ्गताबापत तथा मानसिक क्षतिबापत समेत एकमुष्ठ रू.९०,४०,०००।– (नब्बे लाख चालीस हजार) क्षतिपूर्ति दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको मिति २०६६।२।३ गते जिल्ला क्षतिपूर्ति