निर्णय नं. १५३१ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३१ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/०५ २६७२ निर्णय नं. १५३१ ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्ताव सम्वत् २०३७ सालको रिट नं. १०९३ आदेश भएको मिति : २०३९।१।५ निवेदक : का.जि.का.न.पं.वडा नं.२६ बानेश्वर बस्ने नैनकुमारी उपाध्याय समेत विरुद्ध विपक्षी : जग्गा नापजाँच ऐनको दफा ११(ख) अनुसार प्र.जि.अ.काठमाडौंको अध्यक्षतामा गठित समिति जिल्ला कार्यालय काठमाडौंसमेत बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) जुन जग्गाहरुका बीचमा तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएको छ सो जग्गा निवेदकहरुको हो वा सार्वजनिक जग्गा के हो भनी हक बेहक सम्बन्धि प्रश्नमा दुवै पक्षको सबूत प्रमाणको मूल्यांकन गरी निर्णय दिनु पर्ने अवस्था देखिन आएपछि त्यस्तो हक बेहक सम्बन्धमा निर्णय दिने निकाय सम्बन्धित अदालतको क्षेत्राधिकार भएकोले हक बेहकतर्फ निर्णय गराई माग्न सम्बन्धित अदालतमा जानु भनी दुवैपक्षलाई सुनाई दिनुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या. बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी विपक्षी समितिको ०३७।५।२ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०३७।६।१९।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : डिल्ली बजार बस स्टपदेखि उत्तरपूर्वको दक्षिण बाटो, उत्तर नाथु बाबु समेतको पर्खाल, पूर्व जितबहादुर कसाईको घर, पश्चिम ज्ञानेश्वर जाने बाटो, यति ४ किल्ला भित्रको सार्वजनिक गौचर, जग्गा हिनामिना हुन नपाउने गरी गौचर कायम गरी पाउँ, प्रमाणको निमित्त म्युनिसिपल गोश्वारा फाँटवाट भएको मिति २०००।३।२५।२ को फैसला पेश भएको ३२ नं.वडा समितिको निवेदन, नक्सा फिल्डबुकबाट देखिएका व्यक्तिहरु बुझ्दा का.न.पं.वडा नं.३३ को कि.नं.५०२ को जग्गा तह तहबाट बिक्री हुँदैनन् ।कुमारीका नाउँमा नापि भई दर्ता समेत भएको निजले २००० सालको नापिमा पनि कि.नं.२७९ कायम भएको तिरो तिरान भोग चलनको जग्गा हो । २००० सालको पूर्जाको प्रतिलिपी समेत पेश गरेको छु भन्ने दावी । कि.नं.५०४ को जग्गा वडासमितिको सिफारिसबाट पवनवीर पाण्डेबाट रजिष्ट्रेशन गरी लिएको जग्गा हो । सार्वजनिक होइन भन्ने गणेशकुमारीको बयान । कि.नं.५०६ को जग्गा म समेत ४ जवानको हक भोग भएको स्वबासी जग्गा हो । सगोल दर्ता गरी पाउँ भन्ने कृष्णमाया, बेखामाया र सुगारत्न समेतको वा.भई आफ्ना हकमा समेत बयान गर्ने बुद्धरत्न खड्गी । कि.नं.५०५ को जग्गा परापूर्वदेखि बसोबास गरी आएको मेरो हक भोगको स्वबासी जग्गा हो दर्ता गरी पाउँ भन्ने सुनबहादुर खड्गीको बयान । ३ नं.नापि गोश्वाराबाट पेश भएको यस मुद्दामा ३२ नं.वडा समितिले उल्लेख गरेको ४ किल्ला भित्रको जग्गालाई गौचर जग्गा मासी आवाद गरी घर बनाई बस्न दिन मनासिव नपरेकोले यो जग्गामा निज लेÇिटनेन्ट मदनमान सिंहलाई घर बनाई बस्न नदिनु साविक बमोजिम गौचर कायम राख्ने गर्नु भन्ने श्री ३ महाराजाबाट हुकुम बक्से बमोजिम गर्ने गरी सदर भन्ने समेत म्युनिसिपल गोश्वाराको मिति २०००।३।२५।३ को फैसला अनुसार उक्त ४ किल्ला भित्रको जग्गालाई सार्वजनिक नै राख्नु पर्ने भएकोले का.न.पा.वडा नं.३