निर्णय नं. ९९३१ - लिखत बदर दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९३१ - लिखत बदर दर्ता बदर दर्ता भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/११/२२ ४५९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।११।२२ ०७१-CI-०४५५ मुद्दाः लिखत बदर दर्ता बदर दर्ता पुनरावेदक / प्रतिवादी : जिल्ला रौतहट गा.वि.स. प्रतापपुर पलटुवा वडा नं.९ बस्ने रोजदिन मियाँको छोरा बद्री अन्सारी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रौतहट गा.वि.स. अकोलवा वडा नं.६ हाल ऐ. गा.वि.स. प्रतापपुर पलटुवा वडा नं.९ बस्ने वर्ष ३ की नाबालिग छोरी रोकसाना बेगमको हकमा अनुमति प्राप्‍त गरी आफ्नो हकमा समेत निजकी आमा ऐ.बस्ने मतिउर रहमान देवान फकीरकी श्रीमती खुसमुदा खातुन अदालतमा अंश मुद्दा प्रवेश गरिसकेपछि वादी प्रतिवादीहरूको अंश हक सम्बन्धमा सगोलको सम्पूर्ण सम्पत्ति अदालतमा विचाराधीन रहेको हुन्छ । अंश हक सम्बन्धमा निर्क्योल नभएसम्म त्यस्तो विचाराधीन सम्पत्ति हक हस्तान्तरण गरेकोलाई वैध मान्‍न मिल्दैन र त्यस्तो हक हस्तान्तरणउपर नालेस गर्न सम्बन्धित पक्षलाई मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. को हदम्यादले रोक्छ भन्‍ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री नारायणप्रसाद देवकोटा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री कृष्णप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेश कुमार सिंह माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी फैसला न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः पति प्रतिवादी मतिउर रहमान देवान फकीरले खान लाउन नदिई अंशसमेत नदिएकोले मैले दे.नं.१०५३ को अंशदर्ता मुद्दा दिएकोमा अंशको वादी दाबी पुग्ने ठहरी मिति २०६६।८।१ मा फैसला भई अन्तिम अवस्थामा रहेको छ । सो मुद्दामा फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६४।८।१० गते मानो छुट्टिएको मिति कायम भएकोले सो मिति भन्दा पहिलेको सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने व्यवस्था अंशबन्डाको १८ नं. र प्रमाण ऐन को दफा ६(क) समेतले गरेको छ । विपक्षी मतिउर रहमानको नाम दर्तामा रहेको कि.नं.५५९ को ०-३-१८१/४ जग्गाबाट म वादीलाई अंश हक हुन नदिने आफ्नो एकलौटी जनाई खाने नियतले विपक्षी पति पिताले विपक्षी प्रतिवादी बद्री अन्सारीको नाममा सो जग्गा हस्तान्तरण गरिदिनुभएको कुरा मिति २०६७।८।२७ गते नक्‍कल लिई थाहा पाएकोले यो फिराद गर्न आएका छौं । अतः दिने मतिउर रहमान देवान फकिर र लिने बद्री अन्सारी भई र.नं.१७९५ बाट मिति २०६५।५।१३ गते पारित भएको लिखत तथा सो लिखतमा उल्लिखित कि.नं.५५९ को ०-३-१८१/४ मध्ये हाम्रो अंशभागमा पर्न आउने ३ भागको २ भाग बदर गरी हामी वादीहरूका नाउँमा संयुक्त दर्तासमेत गरिपाउँ भन्‍नेसमेत व्यहोराको फिराद पत्र । यी वादीले आफूलाई सगोलको श्रीमती देखाउँदै प्रतिवादी मतिउर रहमान देवान फकीरउपर मिति २०६४।८।११ मा दे.नं.११५३ को अंशदर्ता मुद्दा दर्ता गराउँदा उक्त मुद्दामा फिराद परेको अघिल्लो दिन मिति २०६४।८।१० लाई मानो छुटेको मिति कायम गरी तायदाती माग्ने आदेश भई यी वादीले आफ्नो लोग्ने प्रतिवादी मतिउर रहमान देवान फकीरको हकमा श्रीसम्पत्ति दाखिल गर्दा विवादित कित्ता जग्गा पेस दाखिल नगरेको र पेस भएका श्रीसम