निर्णय नं. ९९३२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९३२ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०२/२८ १०७६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।२।२८ मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ०७२-CR-०५७८ पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा.२९ सामाखुशी बस्ने देवेन्द्र डंगोलसमेत ०७२-CR-०६४३ पुनरावेदक / प्रतिवादी : जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. २ बस्ने अनुजबहादुर सिंह विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार ०७२-CR-१२३७ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं का.म.न.पा.२९ सामाखुशी बस्ने देवेन्द्र डंगोल विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत भरतराज शर्माको प्रतिवेदनले नेपाल सरकार गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा अभियोजन पक्षले अभियुक्त (क) सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवक हो र (ख) निजसँग निजको वैध आयस्रोतसँग अमिल्दो वा अस्वाभाविक सम्पत्ति छ भन्ने मुद्दा हेर्ने निकायलाई देखाउनुपर्छ । अभियोजन पक्षले त्यति गरेको स्थितिमा निर्दोषिताको प्रमाण प्रतिवादी पक्षले गुजार्नुपर्छ । अर्थात् उसले अदालतलाई आफूसँग रहे भएको सम्पत्तिको वैधता तर्कसङ्गत रूपमा स्थापित गर्नुपर्ने । (प्रकरण नं.८) गैरकानूनी सम्पत्तिको आर्जनको मुद्दामा घटना विशेषमा आधारित भ्रष्टाचार मुद्दामा जस्तो अभियोग शंकारहित तवरबाट प्रमाणित हुन आवश्यक हुँदैन । यस्ता मुद्दाहरूमा प्रमाणको प्रचुरता (Preponderance of evidence) कता छ सो हेरी अदालत निर्णय निष्कर्षमा पुग्दछ । यो नै अस्वाभाविक सम्पत्ति आर्जनको मुद्दाको महत्त्वपूर्ण आयाम हुने । (प्रकरण नं.९) अकुत सम्पत्तिको सम्बन्धमा कानूनले ग्रहण गरेको प्रमाणको भार अभियुक्तमा सर्ने र दोषी वा निर्दोषिताको निर्णय प्रमाणहरूको प्रचुरताको आधारमा हुने यी दुई सिद्धान्तहरू स्खलित हुन पुग्दछन् । परिणामतः "समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्ने" ऐनको उद्देश्य निस्तेज हुनपुग्ने । (प्रकरण नं.१०) गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा राष्ट्रसेवकको हैसियतमा बिताएको अवधि, त्यसबीचमा निजको चल अचल सम्पत्तिमा भएको वृद्धि, निजले गरेको खर्चमा लिखतबाट देखिएको स्थितिमा लिखतलाई आधार गरी र लिखत नभएकोमा अनुमानसमेत गरी कुल सम्पत्ति, सोमध्ये पैतृक रूपबाट प्राप्त, वैध स्रोतबाट आर्जन भएको पुष्टि भएको र वैध स्रोतबाट पुष्टि हुन नसकेको के कति छ प्रमाणहरूको प्रचुरता (Preponderance of evidence) हेरी निर्णय निष्कर्षमा पुगिने । (प्रकरण नं.१४) अकुत सम्पत्तिमा न्याय निरूपणको क्रममा प्रमाणहरूको प्रचुरतालाई हेर्दा र दोषी वा निर्दोषिताको प्रमाण परीक्षणको आधार मान्दा अभियोगपत्रमा के कुन सम्पत्तिलाई स्रोत खुलेको वैध मानिएको रहेछ भन्ने कुराहरूतर्फ पनि अदालतले ध्यान दिई अभियोग पत्र र प्रमाणको समग्रतामा नै निर्णय निष्कर्षमा पुग्नुपर्छ । अभियोगपत्रमा कुन सम्पत्तिलाई वैध मानिएको छ भन्ने कुरालाई बिर्सी स्रोत नखुलेको सम्पत्तिलाई मात्र वैध ठहर्याउन खोजिएमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा प