निर्णय नं. ९९३५ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९३५ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०२/०९ ८८९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।२।९ मुद्दा : मानव बेचबिखन तथा ओसारपसार ०७०-CR-१४३२ पुनरावेदक / वादी : झापा जिल्ला सुरूङ्गा गाउँ विकास समिति वडा नं. ९ बस्ने मन्जुकुमारी ठटालको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाँचथर, प्राङ्बुङ्ग-२ माइतीघर र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका सामाखुसी घर भई झापा दमक नगरपालिका वडा नं. १४ बस्ने सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) ०७१-CR-०००५ पुनरावेदक / प्रतिवादी : श्यामलाल डंगोलको श्रीमती काठमाडौं जिल्ला चण्डेश्वर गाउँ विकास समिति वडा नं. १ सामाखुशी घर भई हाल जिल्ला कारागार कार्यालय भद्रपुर, झापामा थुनामा रहेकी वर्ष ३१ की सानुमाया राई (डंगोल) विरूद्ध प्रत्यर्थी / वादी : मन्जुकुमारी ठटालको जाहेरीले नेपाल सरकार कतिपय विशेष अवस्थामा फौजदारी मुद्दामा पनि प्रमाणको भार प्रतिवादीमा सार्न सकिने वा प्रतिवादीमा रहने (Shifting of burden of proof to the accused person) गरी विधायिकी कानून बन्नसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइन्छ । खासगरी आफूसँग कब्जा (Possession) मा रहेको वस्तुको वैधता यौनजन्यलगायतका अन्य अपराधमा प्रमाणको भार प्रतिवादीमा रहने गरी कानून निर्माण हुनसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइने । (प्रकरण नं.६) के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजन पक्षले नै शंकारहित तवरले (Beyond the doubt) पुष्टि गरेको हुनुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित वा समाप्त नहुने । आफ्नो निर्दोषिता प्रमाणित गर्ने काम प्रतिवादीको हुने भए पनि वादी पक्षले आफ्नो अभियुक्त यकिन गर्ने र अनुसन्धानको आधारमा आफूले तयार पारी दायर गरेको अभियोग पत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो भनी विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्यरूपमा उल्लेख गरेको हुनुपर्ने । अभियोग पत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनु पर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित हुने । अभियोजन पक्षले प्रतिवादी नै प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको वा सरेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीले पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री सिताराम अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री गिरीराज गौतम पुनरावेदन तहमा फैसला गर्नेः माननीय