निर्णय नं. ९९३८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९३८ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०८/१४ ३९०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा आदेश मिति : २०७४।८।१४ ०६६-WO-००१४ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : सुनसरी जिल्ला छिटाहा गा.वि.स. वडा नं.९घर भई मोरङ जिल्ला बबीया विर्ता प्रहरी चौकीको दरबन्दी भई जिल्ला प्रहरी कार्यालय, मोरङको प्रहरी जवान पदबाट गैरकानूनीरूपमा हटाइएको प्रमानन्द चौधरी विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरसमेत भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न असम्भव भएको कर्मचारीलाई सेवाबाट हटाउने गरी निर्णय गर्दाको अवस्थामा सफाई पेस गर्ने मौका दिन नपर्ने भएमा सो कुराको छुट्टै पर्चा खडा गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सतिशकुमार झा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री यदुनाथ शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान २०६३, को धारा १०७(२) तथा नेपालको संविधानको धारा १३३ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- म निवेदक प्रहरी जवान पदमा २०५९।३।१७ सेवा प्रवेश गरी आफ्नो पदिय दायित्व इमान्दारीका साथ निर्वाह गरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रही आएकोमा मिति २०६३।१२।१६ गतेका दिन अकस्मात अत्यधिक ज्वरो आई सिकिस्त परेपछि कार्यालय प्रमुखको अनुमति लिई कोशी अञ्चल अस्पताल विराटनगरमा मिति २०६३।१२।१७ मा जाँच गराउँदा छाती तथा पिसाबमा खराबी देखिएकोले औषधी खाई १५ दिन आराम गर्नु भनी सल्लाह दिनुभएकोले अस्पतालबाटै अफिसमा खबर गरी घर गएको र १५ दिनपश्चात् पुन जाँच गराउँदा केही विशेक भएकोले थप औषधी लिई कार्यालयमा जाँदा पूर्ण विशेक भएपछि आउनु भनी पाएको निर्देशानुसार घरमै गई आराम गरी बसेकोमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षकको मिति २०६४।१।२० को निर्णयअनुसार नोकरीबाट हटाएको जानकारी पत्र प्राप्त भएकोले कानूनको म्यादभित्रै पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर र ऐ.का प्रहरी नायब महानिरीक्षकसमक्ष पुनरावेदन दायर गरेकोमा पुनरावेन जिकिरबारेमा नबोली उल्टो लापरवाही र अनुशासनहिन कार्य जस्ता थप आरोप लगाउँदै सुरूको निर्णय सदर हुने ठहर्याई मिति २०६५।१२।३० मा निर्णय भएको जानकारी मिति २०६६।२।२१ मा प्राप्त भएकोले विपक्षीहरूले प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुभन्दा अगावै कारबाही गर्न लागिएको कारणको उल्लेख गरी सो कर्मचारीलाई उचित म्याद दिई आफ्नो सफाई पेस गर्ने मौका दिनुपर्ने प्रहरी नियमावलीको प्रावधानविपरीत म निवदेकलाई नोकरीबाट हटाउने निर्णय गर्नुपूर्व कुनै स्पष्टीकरणको माग नगरी सफाईको मौका प्रदान नगरी सफाईको मौका दिनु नपर्ने भए सोको कारण निर्णय पर्चामा जनाउनु पर्ने प्रहरी ऐन, २०१२ को दफा १११ र नियमावलीको नियम ८९(२) को देहाय (ग) मा भएको कानूनी व्यवस्थाविपरीत सो कारणसमेत नजनाई सजाय दिने भनी निर्णय भएको र म निवेदकलाई सेवाबाट हटाउने निर्णय मिति २०६४।१।२० मा भएपनि मिति २०६३।१२।१६ बाटै लागू हुने पश्चात्दर्शी असर पार्ने गरी निर्णय गरेको विपक्षीहरूको उक्त कार्यलाई बदर गराउन वैकल्पिक उपचारको अभाव रहेको तथा विपक्षीहरूको उक्त कार्यबाट म निवेदकको नेपा