निर्णय नं. ४३२३ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३२३ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/२६ २२४७ निर्णय नं. ४३२३ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४७ सालको रिट नं. ७७२ आदेश भएको मिति : २०४८।७।२६।३ मा रिट निवेदक : स्वास्थ्य मन्त्रालय इपिडेमियोलजी महाशाखा टेकुको ल्याब असिष्टेण्ट पदको नियुक्तिबाट बदर गरिएको वर्ष २८ को स्वयं प्रकाश भण्डारी विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखा काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) परीक्षणकालको अवधिमा हटाइएको नदेखिँदा दफा ६.१(च) प्रयोग गरी नियुक्ति बदर गरेको नमिल्ने । (प्रकरण नं. ८) (२) चाहिने न्यूनतम अनुभव ३ वर्ष भन्दा बढी ४ वर्षको अनुभव प्रमाणित गरी दिएको देखिनाले असम्बन्धित विषयमा अनुभव प्राप्त गरेको पनि देखिन नआएकोले असम्बन्धित विषयको अनुभवलाई मान्यता हुँदैन भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.रुद्रबहादुर सिंह १. नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. म निवेदक इपिडेमियोलजी महाशाखा टेकुमा ल्याब ब्वाई (रा.प.अ. चतुर्थ श्रेणी प्रा.) पदमा ०३९।१०।१० मा अस्थाई नियुक्ति भई ०४०।७।२१ मा स्थायी भई कार्यरत थिएँ । उक्त शाखा अन्तर्गत जुनोटिक रोग नियन्त्रण शाखामा रिक्त ल्याब असिष्टेण्ट पद–१ स्थायी पद पूर्ति गर्नु पर्ने भनी दर्खास्त आव्हान गरिएको मिति ०४५।४।४ को गो.प.मा प्रकाशित सूचना अनुसार दर्खास्त दिई खुल्ला प्रतियोगिताद्वारा मिति ०४५।६।७ मा ल्याब असिष्टेण्ट (रा.प.अ. द्वितीय प्रा.) पदमा स्थायी नियुक्ति भएँ । त्यसपछि भारत, दिल्लीमा जुनोसिस ल्यावोरेटरी विषयमा १ महीना तालिममा पठाइएकोले भाग लिएँ । उक्त महाशाखाको प्रमुख ज्यूबाट महाशाखाको मिति ०४२।६।६ को पत्र अनुसार तपाइलाई मिति ०४५।६।७ देखि लागू हुने गरी ल्याब असिष्टेण्ट पदमा दिएको नियुक्तिलाई बदर गर्नु र तपाइको पूर्व पद ल्याब ब्वाई पदमा कायम गर्नु भनी स्वा.मं.क.प्र.शाखाको मिति ०४७।५।६ को पत्रबाट लेखी आएकोले यो पत्र लेखिन्छ, अतः तपाइलाई दिएको उक्त ल्याब असिष्टेण्टको नियुक्तिलाई मिति ०४७।५।१३ देखि लागू हुने गरी बदर गरी ल्याव व्बाई पदमा कायम गरिएको व्यहोरा सूचित गरिन्छ भन्ने व्यहोराको पत्र दिइयो । पाइसकेको नियुक्ति बिना कुनै कसूर बदर हुनु हुँदैन । बिना कारण २ तह मुनि घटाएको छ । (साविक पेज नं. ३५३) यसबाट मेरो हक हनन् हुन गएकोले इपिडेमियोलजी महाशाखाको मिति ०४७।५।८ को पत्र र सो पत्रमा उल्लेखित स्वा.मं.कर्मचारी प्रशासन शाखाको मिति ०४७।५।६ को पत्र एवं तत्सम्बन्धी कारवाही निर्णय भएको भए सो समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः नियुक्ति कायम गरी दिनु भन्ने समेत परमादेशको आदेश गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ३. यसमा निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो, विपक्षहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति ०४७।६।२ को आदेश । ४. यस महाशाखामा रिक्त ल्याब असिष्टेण्ट पद १ स्थाई पूर्तिको लागि मिति ०४५।४।४ को गो.प.मा विज्ञापन प्र