निर्णय नं. ९९३९ - वैदेशिक रोजगार ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९३९ - वैदेशिक रोजगार ठगी भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०६/३० ५०७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।६।३० ०६८-CR-०८७७ मुद्दाः- वैदेशिक रोजगार ठगी पुनरावेदक / वादी : सुचिन पोखरेलसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली दरख गा.वि.स. वडा नं. ४ बस्ने योगेन्द्रबहादुर तामाङ अपराधको सूचनाको रूपमा रहेको जाहेरी दरखास्त र सो जाहेरी समर्थनको लागि पेस भएको कागजको व्यहोरालाई निज जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गर्दाका अवस्था होस् वा कुनै कागज गर्दाका अवस्था होस् अघिपछिका भनाइमा एकरूपता र तादम्यता हुनु विश्वसनीय मान्न सकिने । आफ्नो भनाइमा एकरूपता भई अडिग र सार्थकता हुनुपर्नेमा अघि व्यक्त गर्दा वैदेशिक रोजगारीको लिखत भन्ने र पछि व्यक्त गर्दा लेनदेनको लिखत हो व्यहोरासम्म फरक हो भन्ने कथन व्यहोरा तात्विकरूपमा नै फरक प्रकृतिका व्यवहार देखिन आउने । एउटा कथन व्यहोरा देवानी दायित्व (Civil Liability) सँग सम्बन्धित र अर्को भनाइ फौजदारी दायित्व (Criminal Liability) सँग सम्बन्धित देखिन आएको अवस्थामा मुद्दा मामिलामा कुन दायित्व आकर्षित हुने हो भन्ने कुरा विधिशास्त्रीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण र विचारणीय हुने । अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा वैदेशिक रोजगारको लागि रकम लिएको भन्ने जाहेरी व्यहोराको तथ्य नै शंकास्पद र सन्देहपूर्ण देखिन आएको अवस्थामा त्यस्तो शंकास्पद कथनमा आधारित व्यहोराको आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री निर्मलकुमार ढुंगाना माननीय सदस्य श्री अग्नीप्रसाद थपलिया माननीय सदस्य डा. श्री रवि शर्मा अर्याल फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- यसमा जाहेरवालाहरूलाई विपक्षी योगेन्द्रबहादुर तामाङले वैदेशिक रोजगारीको सिलसिलामा ललाईफकाई राम्रो जागिर र धेरै तलब दिलाउने प्रलोभनमा पारी झुठ्ठा आश्वासन दिई अमेरिकास्थित कम्पनीमा पठाइदिन्छु भनी हामी निवेदकहरूमध्ये सचिन पोखरेलसँग मिति २०६५।११।०४ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार) नवराज कार्कीसँग मिति २०६५।११।८ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार) र रवि बरालसँग मिति २०६५।११।४ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार)समेत जम्मा रू. ४९,९५,०००।– (उनान्पचास लाख पन्चानब्बे हजार) बुझिलिनु भएको र पटकपटक विपक्षीलाई अमेरिका पठाइदिन आग्रह गर्दासमेत आजभोलि आजभोलिभन्दै आलटाल गरी आएको १५ दिन पहिले हामीले कि अमेरिका पठाइदिनुहोस् नभए हामीहरूबाट लिएको रकम सकुसल फिर्ता गरिदिनुहोस् भनी अनुनय विनय गर्दा रकम पनि दिन सक्दिन र अमेरिका पठाउन पनि सक्दिन भनी विदेश पठाउन र रकम फिर्ता गर्न इन्कार गर्नुभएकोले निज विपक्षीलाई पक्राउ गरी हाम्रो रकम दिलाई निजलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य विपक्षीबाट भए गरेकाले निज अन्यायीलाई ऐ. ऐनको दफा ४३ बमोजिम हदैसम्मको कैद सजाय गरी न्याय पाउँ भनी जाहेरवालाहरू सचिन पोखरेल, नवराज कार्की र रवि ब