निर्णय नं. ९९४० - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४० - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०६/०९ ३१५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७३।६।९ ०६६-WO-१२८१ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : हेटौंडा कपडा उद्योग लि. (इन लिक्विडेसन) बाट अवकाश दिएको गजेन्द्रबहादुर प्रधानाङ्गको छोरा काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १२ हिउमतटोल गुणकामदेव मार्ग बस्ने किरेन्द्रबहादुर प्रधानाङ्ग विरूद्ध विपक्षी : मकवानपुर जिल्ला, हेटौंडा औद्योगिक क्षेत्र हेटौंडा कपडा उद्योग लि. समेत कुनै कम्पनी लिक्विडेसनमा गएपछि वा कम्पनी विघटन भएपछि वा लिक्विडेटरको सहायकको रूपमा कार्यरत रहेकोमा सो लिक्विडेसनसम्बन्धी कार्य नै समाप्त भएपछि कर्मचारीको हैसियत यथावत् कायम रहन सक्ने कानूनी व्यवस्था र परिस्थिति नै नदेखिने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद बास्कोटा विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम प्रस्तुत निवेदन यसै अदालतको क्षेत्राधिकारभित्रको भई प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- म निवेदकले मिति २०५९।३।१८ देखि मलाई तोकिएको अदालती काम गर्नको लागि तत्कालीन उद्योग मन्त्रालयबाट नियुक्त गरिएकोमा मिति २०५९।९।८ मा उद्योगलाई लिक्विडेसनमा लैजाने निर्णय भई मलाई लिक्विडेटरको सहायकमा नियुक्त गरिएपछि २०६५ साल पौष मसान्तसम्म सोही पदमा कार्यरत रहेँ । नेपाल सरकारले उद्योग लिक्विडेसनको कार्य खारेज गरी पुनः सञ्चालन गर्ने निर्णय गरेपछि मिति २०६५।१२।११ मा मलाई काठमाडौं कार्यालयको प्रमुखको जिम्मेवारी दिइयो । म सोही पदमा रहँदारहँदैमा मिति २०६६।७।१८ मा उद्योगलाई पुनः लिक्विडेसनमा लैजाने भनी भएको निर्णयमा नै मसमेतको सेवालाई निरन्तरता दिने निर्णय भएकोले विपक्षी लिक्विडेटरको नियुक्तिपश्चात् पनि मेरो सेवाको निरन्तरता कायम नै रहयो । विपक्षी लिक्विडेटरले नेपाल सरकारको मिति २०६६।८।१ को निर्णयअनुसार कर्जा रकम फिर्ता नगरेको, कम्पनी ऐनविपरीत निज आफैँले लेखा परीक्षक नियुक्त गर्न खोजेको, पाउनेभन्दा बढी आर्थिक सुविधा लिएको, लिक्विडेसनको कार्यलाई सकेसम्म लामो बनाउने विभिन्न प्रयास गरेको, सार्वजनिक खरिद ऐन र नियमको विपरीत खरिद आदेश गरेको, आफ्ना एवं कमिसन दिने मानिसलाई उद्योगको काममा लगाउनेलगायतका अनेकौं बेरीतका कामहरू गर्दा मैले असहयोग गरेको मात्र नभई विरोध गरेको कारणले निज लिक्विडेटरले मप्रति दुराग्रह राख्नुका साथै म त्यस कार्यालय रहेसम्म निजलाई आफूखुसी गर्न बाधा र अवरोध आइरहने पक्का भएपछि मलाई कुनै सूचना एवं सफाईको अवसर नै नदिई विनाकारण विपक्षी लिक्विडेटरले म निवेदकलाई अवकाश दिन नै नहुने कम्पनी ऐन, २०६३ को दफा १२७(५) लाई आधार लिई आजकै मितिदेखि तपाइँको सेवा समाप्त गरिदिएको छ भनी मिति २०६७।२।२४ मा मलाई अवकाश दिनुभएकोले निजको सो कार्यले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३)(च) १३, १८ र २७ समेत द्वारा मलाई सूचना नै नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुनुका साथै कम्पनी ऐन, २०६३ को १२७(५) विपरीत भएकोले श्रम ऐन, २०४८ को दफा ८८ ले प्रतिष्ठानको कर्मचारीको हकमा प्रतिष्ठानको नियम वा विनियममा व्यवस्था भएबमोजिम हुने भने तापनि मलाई चाहिने उपचारको स्