निर्णय नं. ९९४३ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४३ - जिउ मास्ने बेच्ने भाग: ६० साल: २०७५ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/१०/११ ६५६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।१०।११ ०७२-CR-००२४ मुद्दाः- जिउ मास्ने बेच्ने पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला बलिया गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय कैलालीमा थुनामा बसेकी वर्ष ५० की ज्ञानुदेवी राना विरूद्ध विपक्षी / वादी : श्रीमती विमली वदेनीको जाहेरीले तत्कालीन श्री ५ को सरकार मानिस बेचबिखन गर्ने, इच्छाविपरीत जबरजस्ती यौन कार्यमा संलग्न गराउने तथा वेश्यावृत्ति गर्न बाध्य पार्ने कार्यले मानिसको सम्मानपूर्वक बाँच्न पाउन मानव अधिकारमा समेत आघात पुग्दछ । सभ्य समाजमा मानिस बेचबिखन गर्ने कार्य मानवता विरूद्धकै घृणित कार्य मानिने । मानिस बेचबिखन गर्ने कार्य आपराधिक कार्य हो र मानिस बिक्रीपश्चात् वेश्यावृत्ति गर्न बाध्य पार्नु झन् जघन्य अपराध हुने । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ तथा ४ (ग) ले स्वास्नी मानिसलाई कुनै पनि किसिमबाट बेचबिखन गर्न र वेश्यावृत्तिमा लगाउन नपाउने गरी निषेध गरेको छ । उक्त कानूनी प्रावधानले स्वास्नी मानिसलाई बेचबिखन गरेमा वा वेश्यावृत्तिमा लगाएमा कसुर हुने स्पष्ट उल्लेख गरेको देखिँदा विधिले शासित मुलुकमा यस्ता घृणित तथा अमानवीय दूष्कार्यहरू क्षम्य हुन नसक्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री किरण कुमारी गुप्ता विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्या. श्री नारायणप्रसाद धिताल पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नरबहादुर शाही फैसला न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार रहेको छः- मिति २०५५।०४।१२ गते म तथा मेरी साथी राजु वदेनी आफ्नो दाजुको घर जाने सिलसिलामा थिरू रानाको घरमा बास बसेका र ऐ. १३ गते निज थिरू राना, ज्ञानुदेवी राना र कोकिला वदेनीले हामी दुई जनालाई धनगढी फिल्म हेर्न जाउँ भनी लगेकोमा निजहरूले धनगढीबाट हाम्रा इष्टमित्र बम्बैमा छन् घुम्न जाउँ भनी प्रलोभनमा पारी ललाई फकाई म जाहेरवाली तथा मेरी साथी राजु वदेनीलाई बम्बै कमाटीपुरको वेश्यालयमा पुर्याई भारू ५०,०००।- का दरले बिक्री गरेका हुन् । वेश्या गरेको सहन गर्न नसकी १० महिनापछि म भाग्न सफल भएकी र मेरो साथी राजु बदेनी सोही वेश्यालयमा भएकीले उल्लिखित मानिसहरू माथि कारवाही गरिपाउँ भन्ने जाहेरी । थिरू राना, ज्ञानुदेवी राना, र कोकिला वदेनीले मलाई र मेरो साथी राजु वदेनीलाई भारत बम्बैको कमाटीपुरमा लगी भा.रू. ५०,०००।- का दरले बिक्री गरेका र वेश्यालयकी मालिकनी राधाले हाम्रो इच्छा विरूद्ध वेश्यावृत्तिमा जबरजस्ती लगाएकी र म वेश्यावृत्ति कार्यबाट भाग्न सफल भएकी र पीडित साथी राजु वदेनी हालसम्म पनि सोही वेश्यालयमा छन् भन्ने पीडित बिमली वदेनीले गरेको बयान कागज । मेरी बहिनी ज्वाइँ तथा छोराहरू समेत बम्बैमा नोकरी गर्ने भएकोले बहिनी कोकिला बिरामी भई निजलाई औषधी उपचार गराउन २०५५।०४।१२ गते जाहेरवाली विमली, निजको आमा र राजु वदेनी मेरो घरमा आई हामीसँग बम्बै घुम्न जाने भने