निर्णय नं. ९९४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४४ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०८/२३ ५६०८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।८।२३ मुद्दाः कर्तव्य ज्यान ०७३-CF-०००२ पुनरावेदक / प्रतिवादी : जिल्ला गोरखा घ्याल्चोक गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय गोरखामा थुनामा रहेका शेरबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : लालबहादुर गुरूङको जाहेरीले नेपाल सरकार ०७३-CF-०००३ पुनरावेदक / वादी : लालबहादुर गुरूङको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला गोरखा घ्याल्चोक गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय गोरखामा थुनामा रहेका शेरबहादुर गुरूङ साधकको रोहबाट संयुक्त इजलासबाट भएको फैसला बदर नभएसम्म पुनरावेदनहरूको सुनुवाइ गर्न नमिल्ने र साधकको रोहमा भएको फैसलालाई समान तहको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने, तसर्थ यस विषयमा पूर्ण इजलासबाट नै सुनुवाइ हुन उपयुक्त हुने भनी व्यक्त भएको राय मनासिब देखिने । साधकको रोहबाट संयुक्त इजलासबाट फैसला भइसकेको र वादी प्रतिवादी दुवै पक्षबाट परेको पुनरावेदन बाँकी नै रहेको अवस्थामा पुनः सोही विषयमा प्रमाणको मूल्याङ्कन गरी फैसला गर्नुपर्ने हुँदा साधकको रोहमा संयुक्त इजलासले गरेको फैसला कायम रहन सक्ने अवस्था नहुँदा बदर हुने । (प्रकरण नं.४) कसैलाई मारी तत्कालै झुण्ड्याएकोमा रातो दाग हुने अर्थात् Ligature mark देखिनु स्वभाविक हुने । कुनै पनि पुरूषले आफ्नी श्रीमतीले परपुरूषसँगको संसर्गबाट सन्तान जन्मेको आरोप लगाउँछ र त्यही निहुँमा झगडा गर्दछ भने निजको रिस एवं आक्रोस सामान्य छैन भन्ने स्वभाविक अनुमान रहन्छ । यस्तो अवस्थामा श्रीमतीको घरभित्रै अस्वाभाविकरूपमा मृत्यु हुन्छ । निजबाहेक घरमा साबालक अन्य कोही छैन भने निज नै शंकाको स्वभाविक केन्द्र बन्ने हुँदा श्रीमतीको मृत्यु स्वभाविक हो भनी पुष्टि गर्ने दायित्व निजमा नै रहने । (प्रकरण नं.७) घटनापूर्व लामो समयदेखि लोग्नेस्वास्नीबीच बेमेल र झगडाको स्थिति रहेको छ । गाउँलेहरू जुटेका र झगडा मिलाएका छन् । वारदातकै दिन साँझमा पनि झगडा भएको छ । सुत्नुअघि झगडा भएको थियो भनी प्रतिवादीले अदालतमा नै स्वीकार गर्छ, सोही रात श्रीमती मर्छिन् र शव परीक्षण प्रतिवेदनमा चोट देखिन्छन् । घटनास्थलमा पहिलो पटक पुग्ने छोरीलाई प्रतिवादीले आमा बुबाको झगडा भएको कसैलाई नभन्नु पनि भन्छ भने अब घाँटीमै पासो लगाएको प्रत्यक्षदर्शी छैन भन्ने आधारमा परिस्थितिजन्य प्रमाणहरूलाई अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं.८) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गणेशबहादुर गुरूङ तथा विद्वान् अधिवक्ता श्री कमलविक्रम खड्का वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताद्वय श्री चन्द्रकुमार पोखरेल तथा श्री सोमाकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः मा.जि.न्या. श्री प्रभा बस्नेत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री खेमराज शर्मा मा.न्या. श्री शिवराज अधिकारी सर्वोच्च अदालतमा फैसला गर्नेः स. प्रधानन्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कमलनारायण दास फैसला न्या. डा. आनन्दमोहन भट्टराई : यसमा यस अदालतको संयुक्त इजलासबाट मिति २०७३/०३/२१ मा सर्वोच्च अदालत नियमावली २०४९, को नियम ३ (१)(क) बमोजिम