निर्णय नं. ९९४५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४५ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०८/०८ ६०९७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।८।८ ०७३-WF-००१६ विषयः उत्प्रेषण / परमादेश निवेदक / वादी : रौतहट जिल्ला, गौर न.पा.वडा नं.८ स्थित नि.मा.वि. बालमन्दिरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रौतहट जिल्ला, गौर न.पा.वडा नं.९ बस्ने हरेन्द्रप्रसाद कुशवाहासमेत विरूद्ध विपक्षी / प्रतिवादी : शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै विषयमा बनेको ऐनले पुरानो वा साबिकको व्यवस्थालाई बचाउ हुने प्रावधान नराखेको अवस्थामा साबिक ऐनको व्यवस्था निष्क्रिय भएको र नयाँ व्यवस्थाले प्रश्रय पाएको भन्ने सहज अर्थ गर्न मिल्ने । (प्रकरण नं.५) अदालतले कानूनी जटिलतालाई व्याख्याको माध्यमबाट हटाउने वा पूर्ति गर्नेसम्म हो । भइरहेको कानूनी व्यवस्थालाई खलबलाउने वा अनिश्चितता एवं जटिलता सृजना गर्न नहुने । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चयन प्रक्रिया नै संशोधन भइसकेको अवस्थामा संशोधित कानून मुताबिक विद्यालय सञ्चालन हुनुपर्नेमा व्यवस्थापकीय परिस्थिति एवं पदावधिलाई आधार मानी संशोधित कानूनी व्यवस्थाको सही कार्यान्वयन नगर्दा कानूनी व्यवस्था नै दिशान्तर (Diversion) हुन जाने हुँदा संशोधित कानूनी व्यवस्थालाई कार्यान्वयन नगर्ने परिस्थिति निर्माण गर्नु वाञ्छनीय हुन नसक्ने । (प्रकरण नं.६) नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गर्नुपर्ने ऐनको व्यवस्थालाई अवरूद्ध गर्ने गरी ऐनको व्यवस्था नै कार्यान्वयन गर्न नदिने गरी विद्यालय व्यवस्थापन समितिका पुराना पदाधिकारी नै तोकिएको अवधिसम्म कायम रहन सक्छन् भनी अर्थ गर्दा नयाँ ऐनले ल्याएको व्यवस्था कार्यान्वयन हुन नसक्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिर्घलाल गिरी प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री केशवप्रसाद पन्त र विद्वान् अधिवक्ता श्री उद्धवप्रसाद चौलागाई अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ आदेश न्या. सारदाप्रसाद घिमिरे : नेपालको संविधानको धारा १३३ को उपधारा २ बमोजिम दर्ता भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम १(ख) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: हामी निवेदकहरू शिक्षा ऐन, २०२८ को साबिक दफा (आठौं संशोधन २०७३) पूर्वको १२(१) अनुसार म हरेन्द्रप्रसाद कुसवाहा मिति २०७३/२/११ मा विपक्षी श्री नि.मा.वि. बालमन्दिरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा छानी नियुक्त अध्यक्ष हुँ । म निवेदक रामाकान्तप्रसाद यादव मिति २०७३/२/८ मा विपक्षी श्री उ.मा.वि. विजयपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा छानी नियुक्त अध्यक्ष हुँ । म निवेदकमध्येको हृदय नारायण साह कानु मिति २०७३/२/२६ मा विपक्षी श्री जय किसान उ.मा.वि. को वि.व्य.स.अध्यक्षमा नियुक्त अध्यक्ष हुँ । म वजिर मिया तेली मिति २०७२/५/२६ मा विपक्षी श्री नि.मा.वि.को अध्यक्ष पदमा नियुक्त वि.व्य.स. को अध्यक्ष हुँ । म निवेदक विरेन्द्रप्रसाद यादव मिति २०७३/१/२९ मा विपक्षी श्री शंकर मा.वि.को वि.व्य.स.अध्यक्ष पदमा नियुक्त अध्यक्ष हुँ । म निवेदक अवधकिशोर तिवारी मिति २०७२/११/१७ मा विपक्षी श्री ब्रह्म ज्योति उ.मा.वि.को वि.व्य.स.अध्यक्ष पदमा नियुक्त अध्यक्ष हुँ । म निवेदक महमद मक्सुद राँक