निर्णय नं. ९९४७ - नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४७ - नामसारी भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/१२/२६ ५८३८ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।१२।२६ ०७१-CI-०५५२ मुद्दा : नामसारी वादी : काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ७ बस्ने डिलकुमारी तिमिल्सिनासमेत विरूद्ध प्रतिवादी : का.जि. धर्मस्थली गा.वि.स. वडा नं. ७ बस्ने बलराम तिमिल्सिनासमेत हकबेहकको प्रश्नको सम्बन्धमा अदालतले प्रमाण बुझी सोको मूल्याङ्कन गरी फैसला गरेबमोजिम स्रेस्तालाई अद्यावधिक गर्नुपर्ने दायित्व एवं जिम्मेवारी स्रेस्ता राख्ने कार्यालयको रहेको हुन्छ । तसर्थ कुनै पनि कार्यालयलाई जुन कामका लागि कानूनले अधिकार दिएको छ, सो कार्य मात्र गर्नुपर्दछ । अधिकारविहीन वा अधिकारभन्दा बाहिर गई गरेको जोकसैको काम कारवाहीले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.४) मालपोत कार्यालयले जग्गाको नामसारी गर्दा विवादरहित अवस्थामा लिइएको दाबीमा कानूनबमोजिम नामसारी निर्णय गर्नुपर्ने हुन्छ । नामसारी गर्दा मालपोत कार्यालयमा रहेको स्रेस्ताको आधारमा एवं विवाद नरही हकबेहकको प्रश्न समावेश नभएको अवस्थामा मात्र एक व्यक्तिको नाउँमा रहेको जग्गा अर्को व्यक्तिको नाउँमा नामसारी गर्न निर्णय गर्न सक्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गंगा प्रसाई प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०१७, नि.नं.११५ ने.का.प. २०७१, अंक ९, पृ.५५७ सम्बद्ध कानून : सुरू निर्णय गर्ने : मालपोत अधिकृत श्री गोपाल गिरी मालपोत कार्यालय डिल्लीबजार काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द फैसला स.का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः का.जि. धर्मस्थली गा.वि.स. वडा नं. ७ख कि.नं.५८ क्षे. फ. ०-८-१ र ऐ.को कि.नं.५७ को क्षे.फ.५-८-०-० जग्गा मिति १९८८।९।२० को लिखत तथा मिति २००२।१२।४ को अंशबन्डाको लिखतले बाजे चेतनाथ तिमिल्सिनाको भागमा परी निजको मिति २०४३।९।७ मा र बज्यै मानकुमारी तिमिल्सिना पनि पहिला नै परलोक भइसक्नु भएको पीता टंकप्रसाद तिमिल्सिनाको मिति २०६३।११।९ मा परलोक भइसक्नु भएको तथा बुढा बाजे काशीनाथ तिमिल्सिनाको पहिला नै कालगतिले परलोक भइसकेको हुँदा अंशबन्डामा समेत उल्लिखित चिसापानी खला भन्ने खेत नै नापीका बखत ५७ र कि.नं. ५८ कायम भएकोले उल्लिखित जग्गाका हक खाने हकदार आमा डिलकुमारी तिमिल्सिना-१, कान्छी आमा चिनाकुमारी तिमिल्सिना-१, छोरा उपेन्द्रपुरूष तिमिल्सिना-१, ऋषि तिमिल्सिना, परमेश्वर तिमिल्सिना, सुरज तिमिल्सिना र म हरिओम तिमिल्सिना मात्र भएको हुँदा हाम्रा नाउँमा संयुक्त नामसारी गरिपाउँ भन्ने हरिओम तिमिल्सिनासमेतको मिति २०६७।०३।०१ को निवेदन दाबी । नामसारी माग भएको जग्गा मोही चेतनाथ तिमिल्सिना जग्गाधनी काशीनाथ तिमिल्सिनाको नाममा दर्ता स्रेस्ता कायम भई रोक्का नभएको । जग्गा रहेको तथा निवेदक पक्ष विपक्षको बसोबाससमेत भएको धर्मस्थली गा.वि.स. कार्यालयबाट निवेदक पक्षहरू जवान ७ को संयुक्त नाममा नामसारी गरी दिन सो कार्यालयको च.नं.२३४२ मिति २०६७।२।३१ बाट सिफारिस भई आएको । हकदाबी सम्बन्धमा गो.प. दैनिक र स्थानीय स्तरमा समेत सार्वजनिक सूचना प्रकाशित गर्दा व