निर्णय नं. ९१०७ - जबर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१०७ - जबर्जस्ती करणी भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/०९/०१ ८५७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की फैसला मिति M २०७०।९।१।२ ०६७-CR-०३४९ मुद्दा M जबर्जस्ती करणी । पुनरावेदक/प्रतिवादी M भारत, विहार, सीतामढी वैरगनिया घर भई हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा कैदमा रहेका महेश पटेल कुर्मी विरूद्ध प्रत्यर्थी/वादी M गीतादेवी पटेलको जाहेरीले नेपाल सरकार § अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा साक्षी सरह बकपत्र नगरेसम्म त्यस्तो प्रमाणलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम ठोस र विश्वसनीय प्रमाण मान्न नमिल्ने । (प्रकरण नं.४) § विशेषज्ञले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको र त्यस्तो बकपत्रलाई अर्को पक्षले जिरह गर्ने मौका नपाएकोमा त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन उक्त कानूनी व्यवस्थाबमोजिम मिल्ने नहुने । § जाहेरवाला वा पीडितले अनुसन्धानको क्रममा व्यक्त गरेको कथनलाई निजहरू साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा त्यस्तो कथनलाई पनि दफा १८ बमोजिम प्रमाणमा लिन नमिल्ने । § वादीबाट अनुसन्धान तहकीकातको क्रममा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिहरू, जाहेरवाला, पीडीत, पीडीतको शारीरिक परीक्षण गर्ने मेडिकल अधिकृत, वस्तुस्थिति मुचुल्कासमेतका व्यक्तिहरू अदालतमा साक्षी सरह उपस्थित भई बकपत्र गर्न नआएको र साक्षी सरह बकपत्र गरेको नदेखिएकोले अनुसन्धान तहकीकातका क्रममा घटनाका सम्बन्धमा निजहरूले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १८, २५ एवं २३(७) बमोजिम अकाट्य, निश्चयात्मक र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता लिलामणि पौडेल प्रत्यर्थी/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अबलम्वित नजीर M सम्बद्ध कानून M प्रमाण ऐन, २०३१ को दफा १८,२५, २३(७) । शुरू तहमा फैसला गर्ने M– मा.जि.न्या. श्री विष्णुप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्ने M– मा.न्या. श्री एकराज आचार्य मा.न्या. श्री तेजबहादुर कार्की फैसला न्या.रामकुमार प्रसाद शाह M न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ M– जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ११ स्थित नन्दु साहको घरमा डेरा गरी बसी आएकोमा सोही घरमा डेरा गरी बस्ने अभियुक्त महेश पटेलको कोठामा मिति २०६४।५।२८ गतेका दिन अपरान्ह १५M३० बजेको समयमा टि.भी.को ठूलो आवाज आएको, मेरी वर्ष ८ की छोरी रोएको जस्तो लागेको र निजको कोठाको ढोका बन्द रहेकोले झ्यालबाट कोठा खोली हेर्दा निज महेश पटेलले छोरी काजलकुमारी पटेललाई खाटमा सुताई सर्वाङ्ग नाङ्गो पारी आफ्नु लिङ्गलाई छोरीको योनीमा राख्ने गरेको देखी तत्काल हल्लाखल्लासमेत गरेकीले अन्य मानिसहरूसमेत आई निज महेश पटेललाई पक्राउ गरेका हुँदा निजलाई कानूनी कारवाही गरी पाऊँ भनी सो बखत छोरीले लगाएको पुरानो टिसर्टसमेत दाखिला गरेको छु भन्नेसमेत व्यहोराको गीतादेवी पटेलको जाहेर दरखास्त । जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ११ स्थित उत्तरमा खाली जग्गा, दक्षिण रामचन्द्रको घर, पूर्वमा सडक र पश्चिममा नागेन्द्र साहको घर यति ४ किल्लाभित्र पर्ने नन्दु साहको घरमा जाहेरवाला र अभिय