निर्णय नं. ९१८९ - सम्बन्ध विच्छेद अंशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८९ - सम्बन्ध विच्छेद अंशसमेत भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०२/३० ४५३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।२।३०।६ ०६८–CI–१५६४ मुद्दा : सम्बन्ध विच्छेद अंशसमेत । पुनरावेदक/प्रतिवादी : काभ्रेपलान्चोक जिल्ला, पनौती न.पा.वडा नं.५ बस्ने गणेशभक्त श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी/वादी : काभ्रेपलान्चोक जिल्ला पनौती न.पा.वडा नं.५ घर भई हाल भक्तपुर जिल्ला, भक्तपुर न.पा.वडा नं.८ बस्ने गीता श्रेष्ठ § अंश प्राप्त गर्नेले कानूनले निर्धारण गरेबमोजिम अंश पाएको हुनुपर्छ । सगोलको सम्पत्ति हस्तान्तरण गर्ने वा घटी बढी गर्ने गरी खडाभएको लिखतमा सम्बन्धित अंशियारको समेत मन्जुरी भएको अवस्थामा मात्र त्यस्तो लिखत निजको विरूद्धमा लागू हुन सक्ने हुन्छ । अंशियारको मन्जुरीबिना खडा गरिएको लिखतमा विवाद परे त्यसको औचित्यभित्र प्रवेश गरी हेर्नु नै न्यायसम्मत मान्नुपर्ने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता मोतिराज गौतम प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता ओमकाजी प्रजापती अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको १, १० नं. सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री लेखनाथ रेग्मी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री सुरेन्द्रवीर सिंह बस्न्यात मा.न्या.श्री हरिकुमार पोखरेल फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।१।७ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ । सौता गंगा श्रेष्ठको परलोक भएपछि विपक्षी पति गणेशभक्त श्रेष्ठसँग मिति २०६२।१।४ गते जातीय रीतबमोजिम विवाह भई एउटी बुहारी/श्रीमतीले गर्नुपर्ने कर्तव्य गरी बस्दै आएकोमा विपक्षी पति, सासु तथा सौताको छोरासमेत भई मलाई हेला गर्ने, खान लाउन नदिने, कुटपीट गर्ने जस्ता कार्य गरी परिवार नियोजनसमेत गरी सकेका हाम्रो छोरा/बाबुसँग बस्ने तेरो कुनै हक छैन भनी सासु तथा सौताको छोराले भनी मलाई घरमा बस्न नदिएकाले हाल माइतीको शरणमा बसेकी छु । मलाई झुक्याई जाल प्रपञ्च रची विवाह गरी घरबाटसमेत निकाला गरेकाले विपक्षी सासु तुलसीमाया, पति गणेशभक्त श्रेष्ठ, देवर रामकुमार श्रेष्ठसमेत ३ अंशियार एकासगोलमा बसेको र विपक्षी पतिको भागमा पर्न आउने सम्पत्तिबाट पति गणेशभक्त, सौताका छोरा राजेश श्रेष्ठ र म फिरादी अंशियार भएकोले मेरो १ भाग अंश विपक्षीबाट दिलाई अंशबन्डा नभएसम्म मासिक रू.५,०००।– खर्चसमेत दिलाइ पति र मेरोबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेदसमेत गरी पाउँ भन्नेसमेत व्यहोराको गीता श्रेष्ठको फिरादपत्र । मेरी पहिलो श्रीमती गंगा श्रेष्ठको परलोकपछि आफन्तहरूको सल्लाहमा यी वादीसँग मेरो विवाह भएको हो । म प्रतिवादी गणेशभक्त श्रेष्ठ, आमा तुलसीमाया तथा भाइ रामकुमारको बीचमा मिति २०६४।१२।१३ मा र.नं. ७३५८ को अंशबन्डाको लिखतसमेत पारित गरी छुट्टि भिन्न भइसकेका छौं । छुट्टि भिन्न भइसकेकी अलग बस्नु भएकी मेरी आमासमेतले हेला गरी घरबाट निकाला गरेको भन्ने फिराद दावी झुट्ठा र कपोलकल्पित हो । म पतिले पत्नीउपर गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको अवस्थामा मउपर झुट्ठा लाञ्छना लगाई प्रस्तुत फिराद गरेको हो । यी वादीलाई मैले करिब १२ तोला सुन र पुराना गहनासमेत दिइरहेको अवस्थामा सो गहना हिनामि