निर्णय नं. ४३२४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३२४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१५ २५०८ निर्णय नं. ४३२४ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं. १०१२ आदेश भएको मिति : २०४८।७।१५।६ मा निवेदक : भ.पु.न.पं. वडा नं. १४ मलाछे टोल बस्ने केशरी तुल्सी विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत विषय : उत्प्रेषण (१) तहतह अदालतहरुबाट समर्थन गरी फैसला भइरहेको र उक्त फैसलाहरु अन्तिम भएर रहेको अवस्थामा सोही विवादको घर कबलमा आफ्नो हक कायम गरी पाउँ भन्ने रिटनिवेदन गर्न निवेदकको हकदैया नै पुग्ने देखिन नआउने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान अवलम्बित नजीर : निवेदक राम असिस साहु वि.मध्यमाञ्चल क्षेत्रीय अदालत भएको उत्प्रेषण विषयको रिटनिवेदनमा (ने.का.प., २०३७, अंक ९, पृष्ठ २१२) सर्वोच्च अदालत पूर्णइजलासबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.ओमभक्त श्रेष्ठ १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. ससुरा देवदास, माहिला ससुरा मोतिलाल, साहिला ससुरा रुद्रकुमार हो । कान्छा ससुरा रुद्रकुमारको छोरा बसन्तबहादुर २०१६ सालमा परलोक भई मेरो लोग्ने भक्तिदासलाई अपुताली परी लोग्ने मैले २०१६ साल देखि भोग चलन गरी आएको भ.पु.जि.भ.पु.न.पं. वडा नं. १४ मलाछें टोलको ३ कबल २ नाले मध्ये बसन्तबहादुरको भागको १।। कबले २ नाले ३ तल्ले घर मध्ये केही खण्डमा लोग्ने र म नै बसी केही खण्ड विपक्ष नारायणभक्तलाई केही खण्ड निजको भाइ गोपालभक्तलाई लोग्ने भक्तिदासले २०२२ साल भाद्र २ गते देखि सालको बहाल रु. २००।– का दरले लिने मौखिक बोल (साविक पेज नं. ३५६) कबोल गरी बहालमा राखी आएकोमा २०४० भाद्र १ देखि २०४१ भाद्र १ गतेसम्मको पाकेको बहाल रु. २००।– नदिएकोले निजलाई उठाउन कानुन बमोजिम हुलाकद्वारा आफैं बस्न चाहिएको व्यहोरा सहितको सूचना दिई पाकेको बहाल रु. २००।– भराई घरबाट उठाई अड्डैबाट चलन चलाई पाउँ भनी फिराद दिएकोमा मोतिलालको छोरा जगतलाल, कान्छी श्रीमती प्राणमाया मामा माइज्यू भएकोले बाजे मोतिलाल र मामा जगतलाल परलोक भए पछि माइज्यू प्राणमायाबाट २००७।४।३० गते शेषपछिको बकसपत्र नारायणभक्त र गोपालभक्तले पाएको र माइजू प्राणमाया २०११ सालमा परलोक भई शेषपछिलो बकसपत्र बमोजिम बसिआएको घर हो । सो घर बनाउने नक्शा पास गर्दा केशरीको लोग्ने भक्तिदासले २०२५ सालमा नगरपञ्चायतबाट सरजमीन हुँदा बनाउन दिन मञ्जूर परी नक्शा पास समेत भई बनाई बसी आएको हो । बहालमा बसी आएको होइन भन्ने समेत प्रतिउत्तर परेको थियो । उक्त मुद्दामा बहाल कबूलियत नभएको र बहाल भराई उठाई पाउँ भनेको घर मोतिलालको बुहारी जगतलालकी स्वास्नी प्राणमायाले २००७।४।३० गते दिएको शेषपछिको बकसपत्रबाट निज २०११ सालमा मरी हक भएको भनी जिकिर लिएकै प्रतिवादीको कुरालाई स्वीकार गरी भक्तपुर जिल्ला अदालत, वागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालत संयुक्तइजलासबाट फैसला भयो । ३. कि.नं. ३५० को २ नाले ३ कबले जमीन बाहेक ३ तला जमीन सहित ४ तला घरलाई कि.नं. ३५० दिई सो घर विपक्ष नारायणभक्त र निजको भाइ गोपालभक्तका नाउँमा नापीमा अस्थाई दर्ता भएको छ । शेषपछिको बकसपत्र दिने प्राणमायाको लोग्न