निर्णय नं. ९९४९ - गैंडा मारी खाग बिक्री व्यवसाय
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९४९ - गैंडा मारी खाग बिक्री व्यवसाय भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/१२/२० ४३३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।१२।२० मुद्दाः गैंडा मारी खाग बिक्री व्यवसाय ०७१-CR-१२५२ पुनरावेदक / वादी : चितवन राष्ट्रिय निकुञ्जका स.स.अ. लालबहादुर भण्डारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला कोराक गा.वि.स. वडा नं. ९ बस्ने दलबहादुर प्रजासमेत ०७१-CR-१४३२ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला दाङसीङ गा.वि.स. वडा नं. ९ उल्लेरी घर भई हाल ऐ. पोखरा उपमहानगरपालिका वडा नं. ३ नदिपुर बसोबास भई हाल कारागार कार्यालय भरतपुर चितवनमा कैदमा रहेको जितबहादुर पुन विरूद्ध प्रत्यर्थी / वादी : चितवन राष्ट्रिय निकुन्जका स.स.अ. लालबहादुर भण्डारीको जाहेरीले नेपाल सरकार कानूनले नै मुद्दा सुन्ने अधिकारी तोकिसकेपश्चात् सो अधिकारीले मुद्दाको कारवाहीको सिलसिलामा बयान, बकपत्रलगायतका प्रमाण बुझ्ने अधिकारसमेत रहेको मानिन्छ । त्यस्तो मुद्दा हेर्न अधिकारी तोकिसकेपश्चात निजले गराएको बयान स्वतन्त्रपूर्वक भएको होइन भनी प्रतिवादीको भनाईको आधारमा मात्र मान्न मिल्दैन । त्यस्तो अधिकारीले मुद्दा सुनुवाइको क्रममा गरे गराएको कार्य अन्यथा प्रमाणित नभएसम्म स्वच्छ सुनुवाइको सिद्धान्तअनुसार नै गराएको मान्नु पर्ने । अनुसन्धानको क्रममा एवं मुद्दा हर्ने अधिकारीसमक्ष भएको बयान एक आपसमा मेल खाइरहेको अवस्थामा उक्त बयानहरू स्वतन्त्रपूर्वक भएको होइन भन्ने जिकिर प्रतिवादीले लिएको खण्डमा सो कुरा प्रमाणित गर्ने दायित्व पनि निजको नै हुन आउने । (प्रकरण नं.५) सहअभियुक्तको पोल आफैँमा कुनै ठोस प्रमाण होइन । यो मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित भएको खण्डमा मात्र प्रमाणयोग्य मानिने । (प्रकरण नं.६) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री युवराज ओली वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सुरू तहमा फैसला गर्नेः श्री कमलजङ्ग कुँवर फैसला गर्ने निकायः चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः चितवन राष्ट्रिय निकुञ्जभित्रको डुमरिया पोष्टदेखि दक्षिणतर्फ गौर मचान नजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा अन्दाजी २० वर्ष जिन उमेर भएको भाले गैंडा मृत अवस्थामा फेला परेको, सो गैंडाको खाग धारिलो हतियारले काटी चोरी लगेको भन्नेसमेत बेहोराको मिति २०६७।०२।२८ को घटनास्थल प्रकृति मुचुल्का । चितवन राष्ट्रिय निकुञ्जभित्रको डुमरिया पोष्टदेखि दक्षिणतर्फ गौर मचाननजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा जसको G.P.S. Location : 0542774 USR 3046844 रहेको अन्दाजी २० वर्षजति उमेर भएको भाले गैंडा मृत अवस्थामा फेला परेको, सो गैंडालाई गोली हानी मारी खाग काटी चोरी लगेको भन्नेसमेत बेहोराको वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैरेले जाँच गरी दिएको मिति २०६७।२।२९ को लास जाँच (Postmortem Report) प्रतिवेदन । चितवन