निर्णय नं. ९९५१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९५१ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०८/१२ ३१२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७४।८।१२ ०७०-WO-०४४२ विषयः उत्प्रेषण / परमादेश निवेदक : सोलुखुम्बु जिल्ला जुभिङ्ग गा.वि.स. वडा नं. १ खरिखोला गाउँमा जन्म भई काठमाडौं जिल्ला कपन गा.वि.स. वडा नं. २ अस्थायी ठेगाना भएको हाल संयुक्त राज्य अमेरिका वासिङ्टन राज्यको २३, १५२ नौ प्लेस साउथ इष्ट, लिन बुड् वासिङटन ९८०८७ बस्ने कितेम्बा शेर्पाको नाति थरके शेर्पाको छोरा वर्ष ४६ को लाक्पा गेलु शेर्पा विरूद्ध विपक्षी : माननीय मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, कठमाडौंसमेत कुनै काम गर्नको लागि कानूनले निश्चित कार्यविधि र प्रक्रियाको व्यवस्था गरेको छ भने उपर्युक्त कार्यविधि र प्रक्रिया पूरा गरेको अवस्थामा मात्र सो कार्यले वैधानिकता प्राप्त गर्न सक्छ । छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढी विश्व कीर्तिमान कायम गर्ने जस्तो गम्भीर र राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारको विषयमा कानूनले तोकेको कार्यविधि र प्रक्रिया पूरा भएको छ वा छैन भन्ने कुरालाई कठोरताको साथ परीक्षण गरिनुपर्ने । पर्वतारोहीसँग जाने सम्पर्क अधिकृत नेपाल सरकारको प्रतिनिधिसमेत हो । पर्वतारोहण टोलीसँग गएर फर्किएपश्चात् सम्पर्क अधिकृतले नियमावलीले व्यवस्था गरेबमोजिमको विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायसमक्ष पेस गर्नुपर्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिशङ्कर निरौला र श्री भैरवराज पन्त विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायधिवक्ता श्री किरण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: म निवेदक लाक्पा गेलु शेर्पाले सगरमाथाको आधार शिविरबाट १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा सन् २००३ को मे २६ का दिन बिहान ३ बजेर ५६ मिनेट ४६ सेकेण्डमा पुगी विश्व कीर्तिमान स्थापना गरेकोमा यस सत्यगत तथ्यउपर प्रत्यर्थीहरू मध्येको पेम्बा दोर्जी शेर्पाले शंका गर्दै आवश्यक छानबिनका लागि प्रत्यर्थी मन्त्रालयसमक्ष निवेदन दिनु भएकोमा विस्तृतरूपमा अनुसन्धान तथा छानबिन गर्दा उल्लिखित विश्व कीर्तिमान कायमै रहेको देखिएको भन्नेसमेत मिति २०६० साल साउन १३ को तत्कालीन श्री ५ को सरकार (मन्त्रीस्तरीय) को निर्णय अन्तिमरूपमा रहेको छ । सन् २००४ को मे २१ तदनुसार २०६१ साल जेठ ८ गते (औंशीको भोलिपल्ट) सबैभन्दा छोटो समय ८ घण्टा १० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथा पुगी नयाँ विश्व कीर्तिमान कायम गरेको भनी प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले दाबी गरेकोमा मैले उक्त दाबी झुठ्ठा र निराधार भएकोले सत्य तथ्य कुरा छानबिन गरिपाउँ भन्नेसमेत बेहोराको उजुरी निवेदन मिति २०६१।२।१८ मा प्रत्यर्थी मन्त्रालयसमक्ष दिएको थिएँ । सोपश्चात् सो सम्बन्धमा विस्तृत छानबिन गरी सत्य तथ्य विवरण पत्ता लगाउनुको साथै भविष्यमा पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्ने विषयमा अपनाउनु पर्ने प्रक्रिया र कार्यविधिको बारेमा पनि राय सुझावसहित प्रतिवेदन प