निर्णय नं. ९९५२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९५२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०९/३० ३६१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।९।३० मुद्दा : उत्प्रेषण / परमादेश ०६९-WO-०४६१ निवेदक : झापा जिल्ला, अर्जुनधारा गा.वि.स. वडा नं. ३ बस्ने गोपीकृष्ण पोखरेल विरूद्ध विपक्षी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत ०६९-WO-११२८ निवेदक : झापा जिल्ला, अर्जुनधारा गा.वि.स. वडा नं. ३ बस्ने गोपीकृष्ण पोखरेल विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत कानूनद्वारा अख्तियारी पाएका निकाय वा अधिकारीको क्षेत्राधिकारमा हस्तक्षेप वा संकुचन हुने गरी अन्य कुनै निकाय वा पदाधिकारीहरूले अधिकार प्रयोग गर्न पाउँदैन । जुनसुकै प्रकारका जग्गाको दर्ता स्रेस्ता दुरूस्त, अद्यावधिक र व्यवस्थित रूपमा राखिनुपर्दछ । जग्गाको दर्ता हक, स्वामित्व र भोगको विषय अवस्थानुसार व्यक्तिको हक, सार्वजनिक हक हित वा सरोकार वा संस्थागत हकहितको विषयको रूपमा रहेको हुने । (प्रकरण नं.६) क्षेत्राधिकारभन्दा बाहिरको विषयमा सुनुवाइको मौका प्रदान गरेर नै निर्णय गरिएको भए पनि त्यस्ता निर्णयले कानूनी वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.८) जग्गा दर्ता गर्ने कुरा स्वामित्व निर्धारणसम्बन्धी विषय भएकोले यस कार्यलाई लामो समयसम्म अनिर्णित, अनिश्चित अवस्थामा रहन दिनु शोभनीय हुँदैन । समयमा नै टुंगोमा पुर्याउनु पर्ने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री भूमि खरेल तथा श्री शिवप्रसाद रिजाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ आदेश न्या. दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः निवेदकका बुबा टिकाराम पोखरेल र आमा मनमाया पोखरेलका तीन छोराहरूमा जेठा रूक्मप्रसाद पोखरेल, माइला म निवेदक, कान्छा विष्णुलाल पोखरेल हौं । दिदी बहिनीहरूको विवाह भइसकेको छ । दाजु जेठा र भाइ कान्छा २०२१ सालतिरै भारत आसाम गई आजसम्म कुनै सम्पर्कमा नभएको, बुबा टिकाराम पोखरेल मिति २०२३।६।२३ गते र आमा २०२६ साल कात्तिक महिनामा आ-आफ्नै कालगतिले परलोक भइसक्नु भएकोले वहाँहरूको पैतृक सम्पत्तिको हकदार निवेदक र निवेदकका ११(एघार) अंशियार मात्र छौं । विक्रम संवत् २०१६ सालको नम्बरीतर्फ दर्ता भएका रैतीहरूको १ नं. लगत तयार गर्दा चार अड्डाका हाकिमहरू रोहबरमा बसी झापा जिल्लाअन्तर्गत ४८ नं. मौजा आठ मौजा धरमपुरका बन्दीभित्र लेखिएका रैतीहरूले जग्गा नापजाँच गरी दाखिल दर्ता गरिपाउँ भनी दरखास्त दिएको र दरखास्तमा लेखिएको जग्गामा हात्तिसार, खोलाधार, पानीघाट, गौचरन, सन्धिसर्पन नपर्ने र दरखास्तमा लेखिएको बेहोरा मनासिब देखिएकोले जग्गाको चौहद्धि खुलाई अर्ध (उत्तर-दक्षिण) तुल (पूर्व-पश्चिम) विगाहा, कठ्ठा, धुर खुलाई मधेश तराई भागको मालसवाल जमिन्दारी सवालबमोजिम जग्गा नाँप जाँच गरी नम्बरीतर्फको लगत खडा गरी सरकारी पोत कायम गरिदिएको छ । आज उपरान्त तपसिलमा लेखिएका रैतीहरूले अड्डाबाट तोकिएको सरकारी पोत, मालपोत याम टायमभित्र बुझाई आजैबाट आफ्नो जनी भोगचलन गर्नु हाल सरकारी पोत मिनाहा हुने छैन भनी निवेदकका स्व.बुबा टि