निर्णय नं. ९९५३ - अंश मानाचामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९५३ - अंश मानाचामल भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०१/०६ ८१३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।१।६ ०७३-CI-०८६६ मुद्दा : अंश मानाचामल पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला वैरघाट गा.वि.स. वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ पिंगलास्थान बस्ने परमेश्वरलाल यादवसमेत विरूद्ध प्रत्यर्थी / वादी : रूपन्देही जिल्ला बैरघाट गा.वि.स. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ५ बस्ने युविका यादवको संरक्षक भई आफ्नो हकमा समेत ऐ. बस्ने मन्जली कुमारी यादव दाबीबमोजिमको अंश वादीले पाउने ठहर्छ भनी फैसला भइसकेपछि मानाचामलसमेतको दाबी रहेको स्थितिमा वादीले अंश प्राप्त नगरेसम्म वादीलाई खानपिनलगायतको जीवन निर्वाह गर्न सक्ने व्यवस्था गरिदिनु न्यायकर्ताको धर्म हुने । (प्रकरण नं.६) फैसला अन्तिम भएपछि पनि फैसला कार्यान्वयनको छुट्टै कानूनी प्रक्रियामा समाहित हुनुपर्ने हुन्छ । यी यावत प्रक्रिया पार गर्दै आफ्नो हक हुन आएको सम्पत्तिको भोग गर्ने एवम् त्यसको लाभ प्राप्त गर्न सकिने अवस्था रहन्छ । आफ्नो हकमा त्यसरी अंश आउनुपूर्व त्यस्तो सम्पत्ति सामान्यतया प्रतिवादीकै कब्जा (Possession) मा रहने भएकाले पनि फैसला कार्यान्वयनपूर्व त्यस्तो सम्पत्तिबाट वादीले कुनै प्रकारको लाभ प्राप्त गर्न सक्ने हुँदैन । यही अवस्थालाई विचार गरी विधायिकाले कानूनी व्यवस्थाद्वारा मानाचामल भराइ पाउने हकलाई सुरक्षित गरेको देखिने । (प्रकरण नं.७) मानाचामलको दाबी भएको मुद्दामा वादीले जे जति अंकको रकम दाबी गरेको छ, अदालतले त्यतिनै भराई दिन पर्ने भन्ने होइन । त्यस्तै त्यस्तो जीविकोपार्जनको रकम यति नै हुनुपर्ने भनी कुनै गणितीय सूत्रमा आवद्ध गर्न नमिल्ने । मानाचामलको रकम भराइदिने ठहर गर्दा निर्णय कर्ताले त्यस्तो रकम उपलब्ध गराउने पक्षको चल अचल सम्पत्ति, पेसा, रोजगार, व्यवसाय, आयस्थालगायतका आर्थिक अवस्था र स्थितिको सूक्ष्मरूपमा विश्लेषण गरी यथार्थपरकरूपमा तोकिनु पर्ने । (प्रकरण नं.८) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री चिन्तामणी बराल पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री थिरबहादुर कार्की माननीय न्यायाधीश श्री चण्डीराज ढकाल फैसला न्या. सारदाप्रसाद घिमिरे : पुनरावेदन अदालत पाटनको मिति २०७१/८/१२ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी परमेश्वरलाल तथा गुजराति क्रमश: ससुरा सासू नाताका व्यक्तिहरू हुन् । अन्य विपक्षीहरू काशीनाथ, प्रमोद तथा विनोद क्रमश: जेठाजुहरू तथा पति नाताका व्यक्तिहरू हुनुहुन्छ । विपक्षी विनोदसँग मिति २०६४।११।१२ गते सामाजिक परम्पराअनुसार विवाह भएको हो । निज विगत ७ वर्षदेखि डि.भि. परी संयुक्त राज्य अमेरिकामा बस्दै आउनु भएको छ । दाम्पत्य जीवनको परिणाम हामीबीच मिति ०६७।७।२६ गते एक छोरी युविकाको जन्म भएको छ । अंशियारहरूमा परमेश्वरलाल यादव १, गुजराति १ तथा विपक्षी छोराहरू ३ समेत ५ जना छौं । विपक्षी विनोद अमेरिका निवासी भएको र म पनि माइतीको खर्चमा चीनमा गई एम.वि.वि.एस. पढ्न गएकीमा ५ मे २०१० मा पढाई सकी घर फर्की र विपक्षीहरूका साथ एकासगोलमा बसी आएको थिएँ । यस्तैमा