निर्णय नं. ९९५६ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९५६ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०९/०४ ५२२६ प्रस्तुत मुद्दामा गोपनियताको लागि जाहेरवाला र पीडितको दिदीको नाममा ...................... राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।९।४ मुद्दाः जबरजस्ती करणी ०७१-CR-०५३६ पुनरावेदक / वादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने ....................... को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने चतुर्गण थारू चौधरीको छोरा लङ्गडा पञ्‍चराम चौधरी भन्‍ने खेमनारायण चौधरी ०७१-CR-०६४५ पुनरावेदक / वादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने चतुर्गण थारू चौधरीको छोरा लङ्गडा पञ्‍चराम चौधरी भन्‍ने खेमनारायण चौधरी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने ....................... को जाहेरीले नेपाल सरकार योनिभित्र लिङ्ग प्रवेश गराई भित्रबाहिर समेत गरेको कुरा पुष्टि भएको अवस्थामा करणीको कार्य सम्पन्‍न भइसकेको मान्‍नुपर्ने । (प्रकरण नं.६) कुनै अपराध पूर्ण अपराध (Full Crime) हो वा सो अपराधको उद्योग (Attempt) मात्र हो भन्‍ने ठहर्‍याउन कसुरदारले गरेको कार्य र सोको परिणामसमेतलाई विचार गर्नुपर्ने हुन्छ । अपराध गर्ने उद्देश्यसहित अपराध गर्ने कार्य गर्दा बीचमा अवरोध सृजना भई कार्यले पूर्णता नपाएको अवस्थामा मात्र उद्योग हुने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६५, अंक १, नि.नं.७९२३ ने.का.प. २०७३, अंक १, नि.नं.९५१९, पृ.१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्या.श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ फैसला न्या. हरिकृष्ण कार्की : तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०७०/०९/२९ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः मेरी छोरी वर्ष ६ की नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीलाई मिति २०६५/१०/२२ गतेका दिन दिउँसो अन्दाजी १६:०० बजेको समयमा प्रतिवादी लङ्गडा भन्‍ने पञ्‍चराम चौधरीले आफ्नो घरको माथिल्लो तलाको कोठामा लगी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको ....................... को जाहेरी दरखास्त । मिति २०६५/१०/२२ गतेका दिन दिउँसो म पञ्‍चराम चौधरीको घरमा खेल्दै गर्दा निज प्रतिवादीले मलाई आफ्नो घरको माथिल्लो तलामा लगी चकलेट खान दिई निजले मेरो पिसाब फेर्ने स्थानमा आफ्नो निकाली पसाली भित्रबाहिर गरी करणी गरेका र म रोई कराई गर्दा निजले हातले मेरो मुखसमेत थुनिदिएका हुन् र निजले करणी गरेपछि मलाई छाडी दिई म रूँदै आफ्नो घरमा आई दिदीलाई बताएकी हुँ भन्‍नेसमेत बेहोराको पीडित नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको कागज । नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको करणी गरिएको देखिन्छ भन्नेसमेत बेहोराको शारीरिक जाँच परीक्षण प्रतिवेदन । नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स. ४ स्थित भागडा भन्‍ने स्थानको पूर्व खड्कबहादुर चौधरीको घर, पश्‍चिम गुरूद