निर्णय नं. ९९५८ - मानव बेचबिखन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९५८ - मानव बेचबिखन भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०४/२२ ५०४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।४।२२ मुद्दा : मानव बेचबिखन ०७२-CR-०६०० पुनरावेदक / प्रतिवादी : जाजरकोट जिल्ला, पजारू गाउँ विकास समिति वडा नं. ८ घर भई कपिलवस्तु जिल्ला, चनई गाउँ विकास समिति वडा नं. ७ खरेन्द्रपुरमा बद्रीनाथ ७ नं. होटल एण्ड रेष्टुरेन्ट सञ्चालक रही हाल कारागार कार्यालय नेपालगञ्जमा थुनामा रहेको करवीर शाही विरूद्ध प्रत्यर्थी / वादी : ‘क’ कुमारी समेतको जाहेरीले नेपाल सरकार ०७२-CR-०७९७ पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला, चनई गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय पाल्पामा थुनामा रहेको माया भन्‍ने सुकुमारी लामासमेत विरूद्ध प्रत्यर्थी / वादी : ‘क’ कुमारी समेतको जाहेरीले नेपाल सरकार गरिबी र बेरोजगारीमा रहेकाले आफैँले आफूलाई बेच्न शोषण गर्न तयार हुँदैमा वेश्यावृत्तिमा लगाउन पाइन्छ भन्ने कदापि होइन र यो कानूनको मनसाय पनि होइन । कानूनले स्पष्टरूपमा कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने तथा वेश्यागमन गर्नेलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषाभित्र राखी कसुर नै मानेको अवस्था देखिने । (प्रकरण नं.७) मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मानवता विरूद्धको अपराधमा पीडितहरू त्रसित, कमजोर र हतोत्साही अवस्थामा रहने र एकजना पीडित बालिका नै रहेको अवस्थामा घटनाको परिस्थिति र घटनाको असरहरूमा फरक बयान नरहेको अवस्थामा पीडितहरूको बयानमा कतै घटनाको क्रमबद्धरूपमा वर्णन नभएकोले केही विरोधाभास देखिन्छ भन्ने आधारमा मात्र पीडितहरूको बयानलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.९) प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा, विद्वान्‌ अधिवक्ताहरू श्री मुकुन्द न्यौपाने र श्री गोविन्द शर्मा वन्दी वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी अवलम्बित नजिर : ने.का.प. २०६६, नि.नं. ८१६६ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू ‍निर्णय गर्ने : मा. जिल्ला न्या. श्री अच्युतप्रसाद भण्डारी पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : जिल्ला कपिलवस्तु चनई गा.वि.स.वडा नं. ८ वनकट्टी स्थित महेन्द्र राजमार्ग सडक खण्डमा मिति २०७०।५।२ गते “क” कुमारी र “ख” कुमारीलाई बिक्री गर्ने उद्देश्यले लैजान थालेको अवस्थामा निरा भन्ने निर्मला परियारलाई पक्राउ गरेको र “क” कुमारी र “ख” कुमारीलाई उद्धार गरिएको भन्ने मिति २०७०।५।२ को घटनास्थल प्रकृति मुचुल्का । प्रतिवादी निरा भन्ने निर्मला परियार हामीहरूको दिदी पर्ने एवं पहाड घर एकै ठाउँमा भएकोले निज पहाड गएको बेला तराइमा राम्रो काम र पैसा पाइन्छ भनी फकाउने गरेकीमा हामीहरू सो लोभमा परी मिति २०७०।४।२९ गते घरबाट हिँडी निर्मला परियारलाई हामी आयौं भनी फोन गरेकोमा प्रतिवादीहरू निर्मला परियार र सुकुमारी लामा हामीलाई लिन बुटवल पुगी हामीहरू ४ जना भई सुकुमारी लामाको घरमा पुगेका र निजहरू २ जनाले भारत बैंङलोर लगी जागिर लागाइदिन्छौं भनेकोमा हामीहरूले नमानेपछि मिति २०७०