निर्णय नं. १५३२ - लिखित बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३२ - लिखित बदर भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/०२ २२७६ निर्णय नं. १५३२ ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.फु.नं. ३७२ फैसला भएको मिति : २०३९।१।२ मा निवेदक : का.प.जि.चलाल गणेशस्थान गा.पं.वडा नं.४ बस्ने कृष्णबहादुर कुँवर विरुद्ध विपक्षी : ऐ.सुननाथ शारदा गा.पं.वाड नं.३ बस्ने रत्नबहादुर खत्री क्षेत्री मुद्दा : लिखत बदर (१) विवादको जग्गा प्रेमबहादुरका नाउँमा दर्ता भएको निजले तिरो तिरान गरी राखेको जग्गा निजले राजीनामा गरी दिएको देखिन आएकोले सो विवादको जग्गामा वादीको अ.बं.८२ नं.बमोजिम हकदैया लाग्न नसक्ने देखिनाले वादी दावी लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिनाले उल्टी हुने ठहर्छ । (प्रकरण नं. २०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चबाट ०३८।५।१५।२ मा भएको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. बाजे धनराजका २ छोरामा मानबहादुर र ऐमान सिंह मेरो बाबु, मानबहादुरका चार छोरामा जेठा भीमबहादुर, माहिला पदमबहादुर, साहिला हनुमान, कान्छो म खड्गबहादुर भएकोमा भीमबहादुर मरेको र पदमबहादुर बिदेश गएको । ऐमान सिंह तर्फका जेठा काजीराम, माहिला पदमबहादुर, साँहिला टेकबहादुर, कान्छा सिसे भएकोमा जेठो काजिराम माहिलो पदमबहादुर कान्छो, सिसे मरेको साहिलो टेकबहादुर बिदेश गएको माहिलो दाजुको छोरा कृष्ण पनि विदेश गएको मरे बाँचेको ठेगाना नभई बेपत्ता भएकोले ३ पुस्ता भित्रको म हकदार हुँदा बिदेशिएकाको सम्पत्ती हिनामिना गर्ने र कसैले हक नपुग्ने सम्पत्ती नोक्सान गरी दिँदा मर्का पर्ने हुँदा दाजु पदमबहादुर साहिला बाबुको छोरा हुँदा उनले ०९।८।२।१ मा पनौती यालाछे टोल बस्ने जगतबहादुर साहुलाई आफ्ना हकको बारी रु.५१८।–मा भोगबन्धकी पास गरिदिनु भएछ । त्यसपछि पदमबहादुरको जिन्दगी बितेको छोरो पनि विदेशिएकोले अरु नजिकको हकदार कोही छैनन् । जग्गा साहुको भोगबन्धकी पास भएको २०२१ सालमा भूमिसुधार लागू भएपछि बारी विजन ।।४ को दाजु पदमबहादुरले मोहिया भै जोताह अस्थाई फाराम २०२३–५–२९ मा पाएको थियो । त्यस्तैमा मोही निष्कासन गरे भनी दाजु पदमबहादुरको नाउँमा दुर्गा सिंहले तत्कालिन भूमिसुधार बिशेष अदालतमा उजुर गरी कारवाही हुँदा बन्धकी साहुलाई झिकाएकोमा बन्धकी जग्गाको आयस्ता खाएको छैन भन्ने बयान गरी ०३३।५।७ गते मुद्दा छिनी पदमबहादुरले जग्गा निष्कासन गरेको ठहरेन । बारी विजन ।।४ को तिरो भोगबन्धकी जनाउ साहुले तिरेको २०२३ साल देखी गा.पं.मा विदेशी छोराको नाउँ जनाई तिरो तिरी आएको छु । जग्गा दुर्गा सिंह र दाजु पदमबहादुरले भोग चलन गरेनन् बाँझै छ, रेखदेख मैले गरी आएको छु । त्यस्तैमा यो जग्गा प्रेमबहादुर खडा गरी बिक्री गर्ने लिने कृष्णबहादुर भई का.प.मालमा रजिष्ट्रेशनमा २०३०।९।२ मा रु.२०००।–मा पास गरी दिएछन् । सो कुरा गाउँमा हल्ला सुनी २०३०।११।११।६ मा नक्कल सारी लिँदा थाहा भयो । प्रेमबहादुरको हक, तिरो दर्ता नभएको दाजु पदमबहादुरका नाउँमा जोताहा भोग छ र दर्ता समेत छ । पूर्व दुर्गा सिंह, पश्चिम ईन्द्रकुमारीको साँध, उत्तर नरबहादुर, दक्षिण