निर्णय नं. ९९६० - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९६० - ज्यान मार्ने उद्योग भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/११/२५ ३९५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।११।२५ ०७२-CR-१७३५ मुद्दा : ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : सुन्दरी पुनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं.१ बस्ने बबिन भन्ने बिक्रम गुरूङ प्रतिवादीले ताकेर गोली प्रहार गरी पीडित मर्न नपाएको अवस्था देखिनु नै मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.को ज्यान मार्ने कसुर गरेको स्थापित हुने । (प्रकरण नं.३) दिनदहाडै गोली प्रहारबाट पीडित घाइते भएको अवस्थालाई सामान्य कुटपिटको मात्र संज्ञा दिई प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट उन्मुक्ति दिने कुरा न्यायोचित मान्न नसकिने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायधिवक्ता श्री सोमाकान्ता भण्डारी प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे एवं अधिवक्ता श्री सुरेसकुमार पौडेल अवलम्बित नजिर : ने.का.प. २०४२, अंक ७, नि.नं. २४४० ने.का.प. २०६८, अंक १२, नि.नं.८७३४ सम्बद्ध कानून : हातहतियार खरखजाना ऐन, २०१९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अम्बरराज पौडेल पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिंहा माननीय न्यायाधीश श्री यमुना भट्टराई फैसला न्या.प्रकाशमान सिंह राउत : तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७२।०६।११ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वार्ड नं.१६ स्थित सडक किनारामा खडा भएका रवि पुनमगरलाई हाल नाम थर खुल्न नआएका भे.२प.८८२ नं.को मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरी रवि पुनमगरको बायाँ खुट्टाको साँप्रामा गोली लागि घाउ भएको, जमिनमा w.w.f.k.f.. लेखेको गोलीको खोका थान-१ र पेस्तोलको जस्तो गोली अगाडि भाग कुचिएको अवस्थामा रहेको भन्‍ने घटनास्थल मुचुल्का । मिति ०६७।०२।०३ को दिउँसो मेरो छोरा रवि पुनमगरलाइ पूर्व रिसइवीका कारणबाट जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ स्थित बबिन भन्‍ने बिक्रम गुरूङ र कालु भन्‍ने विपिन लामासमेतले भे.२प.८८२ नं.को मोटरसाइकलमा आई उखुको जुस खाई घरतर्फ फर्कंदै गर्दा निजहरूको साथमा रहेको पेस्तोल फाएर गरी छोरा रवि पुनमगरको साँप्रामा लागि सख्त घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको जाहेरी दरखास्त । म मिति २०६७।०२।०३ को दिउँसो बजार घुमफिर गर्न गएका अवस्थामा बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ कृषि विकास बैंकअगाडि जुस खाई घरतर्फ जाँदै गर्दा विपिन लामा, बिक्रम गुरूङ र बब्लु भन्‍ने केटाहरू मोटरसाइकलमा आई मलाई कालु भन्‍ने विपिन लामाले गोली प्रहार गरी भागी गएका हुन् भन्‍ने रवि पुनले गरेको कागज । मिति २०६७।०२।०३ मा म र साथी निर्मल चौधरी धम्बोजी चोकतर्फ आइरहेका बेला गोलीको आवाज सुनेपछि वारदात स्थानमा हेर्दा रवि पुन एक्कासी चिच्याएका र प्रतिवादी बिक्रम गुरूङसमेत भाग्दै गरेको देखी मसमेत उक्त स्थानतर्फ गई घाइते रवि पुनलाइ