निर्णय नं. ९९६१ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९६१ - ज्यान मार्ने उद्योग भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०७/२९ ६३५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७४।७।२९ ०७०-CR-०२९५ मुद्दा : ज्यान मार्ने उद्योग पुनरावेदक / वादी : हर्षलक्ष्मी बज्राचार्यको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चित्र कोइरालाको छोरा, सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं.१५ बस्ने शैलेश कोइरालासमेत वारदातको समयमा तेस्रो पक्षको उपस्थितिको कारणले पीडितको ज्यान मर्न नपाएको भन्‍ने प्रत्यक्ष प्रमाणबाट टड्कारैरूपमा देखिन र पुष्‍टि हुन सकेको अवस्थामा ज्यान मार्ने उद्योगको कसुर पुष्‍टि हुने योभन्दा उत्तम र विशिष्‍ट श्रेणीको आधार हुन नसक्ने । वारदातको प्रकृति एवं पृष्‍ठभूमि, व्यक्तिहरूको संलग्नता, पूर्व रिसइवी एवं इविलाग र मनसायको विद्यमानता, पूर्व तयारी एवं योजना र सोच, प्रयोग भएको साधन एवं हतियार, पीडितलाई चोट लागेको शरीरको भाग, चोटको प्रकृति र संख्या, पीडितको तत्काल मर्ने बाँच्ने दोसाँधको अवस्था, पीडितले तत्काल प्राप्‍त गरेको उद्धार र उपचारको व्यवस्था आदिले पनि तत्काल तेस्रो पक्षको उपस्थिति भए नभएको अवस्थालाई गौण र तेस्रो पक्षको उपस्थितिको तुलनामा पीडितलाई लागेको गम्भीर प्रकृतिको चोटलाई नै गम्भीर मानी प्राथमिकता दिई सोलाई नै उद्योगको कसुरलाई पुष्‍टि गर्ने पर्याप्‍त आधारको रूपमा लिन सकिने । (प्रकरण नं.७) ज्यान मार्ने उद्योगको वारदात व्यक्तिहरूको समूहबाट आक्रमण भएको अवस्थामा चोट छाड्नेलगायत सो कार्यमा प्रत्यक्षरूपमा सघाउ पुर्‍याउने हिसाबले सहयोग गर्ने वा चोट छाड्ने क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसरह एउटै श्रेणीमा राखेको हुँदा ज्यान मार्ने उद्योगको वारदातको जुनसुकै अवस्थाको जुनसुकै प्रकृतिको क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसँग छुट्‍याएर हेर्न मिल्ने अवस्था देखिँदैन । मुख्य अभियुक्तको कार्य ज्यान मार्ने उद्योगको कसुरको दायराभित्र परेपछि सो सरहका कार्यमा प्रत्यक्ष, क्रियात्मक एवं सहभागितात्मकरूपमा अन्य अभियुक्तहरू पनि संलग्न रहेको प्रमाणबाट पुष्‍टि हुन गएमा तिनीहरू पनि सोही प्रमाणको आधारमा सोही कसुरको दायराभित्र नै पर्न आउने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुषाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी माननीय न्यायाधीश श्री प्रेमराज ढकाल पुनरावेदन तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री शिवनारायण यादव माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर फैसला न्या. तेजबहादुर के.सी. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः मिति २०६६/०७/१७ गते साँझको समयमा गाउँ नजिकै होहल्ला भएको र केको हल्ला हो भनी मेरो छोरा रोशन बज्राचार्य घरबाट बाहिर आउँदाको अवस्थामा विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले हान् मार् भन्‍ने हो-हल्ला गर्दै प्रतिवादीमध्येका निश्‍चल बुढाथोकीले बोकेको खुकुरी हतियारले मार्ने नै उद्देश्यले छोराको गर्धन टाउकोमा ताकी प्रहार गरेको, तत्काल तेस्रो पक्षको उपस्थितिले मर्ने बाँच्ने दोसाँधमा, निज छोराको उपचार भइरहेको र पछि बुझ्दा अघिल्लो दिन अर्थात्‌ मिति २०६६/०७/१६ गते हाउजी कार्यक्रममा कोको केटाहरूले वादविवाद गरेको