निर्णय नं. ९९६३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९६३ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०९/२१ ४३७० सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७३।९।२१ विषयः उत्प्रेषण / परमादेश ०७३-NF-०००४ निवेदक / विपक्षी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय विरूद्ध विपक्षी / रिट निवेदक : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह ०७३-NF-०००५ निवेदक / विपक्षी : नेपाल ट्रष्टको कार्यालयको तर्फबाट ऐ.का सचिव भीमप्रसाद उपाध्याय विरूद्ध विपक्षी / रिट निवेदक : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह ०७३-NF-०००६ निवेदक / विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्को तर्फबाट ऐ.का मुख्य सचिव सोमलाल सुवेदी विरूद्ध विपक्षी / रिट निवेदक : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह विवादित कि.नं. २५ को जग्गामध्ये साबिकमा केही जग्गा स्वर्गीय अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहका नाममा रहेकोमा पछि तत्कालीन राजा वीरेन्द्रका नाममा आएको र केही जग्गा स्वयं तत्कालीन राजा वीरेन्द्रका नाममा रहेकोमा नयाँ नापीमा सबै जग्गालाई एउटै कित्ताको रूपमा कि.नं. २५ कायम गरी श्री ५ महाराजाधिराज नारायणहिटीको नाममा दर्ता स्रेस्ता कायम भएको देखिए पनि राजा वीरेन्द्रको देहावसानको समयमा उक्त सम्पूर्ण जग्गा र सोमा रहेको घरजग्गाको लालपुर्जामा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको कायम भएको थियो । यसबाट के पुष्टि हुन्छ भने कि.नं. २५ को घर जग्गा स्वर्गवासी राजा वीरेन्द्रको स्वामित्वमा रहे भएको देखिने । (प्रकरण नं.३) नेपाल ट्रष्टअन्तर्गत पर्ने सम्पत्तिका सम्बन्धमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४(१)(क) ले राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूका परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको सम्पत्ति ट्रष्टअन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गर्ने अधिकारसमेत दिएको देखिन्छ । साथै दफा ४ को उपदफा (३) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दाबी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानूनबमोजिम कसैको हक वा दाबी सिर्जना हुने छैन भनी स्पष्ट कानूनी व्यवस्था भएको पाइँदा विवादित सम्पत्ति श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा नामसारी हुँदैमा वा राजा वीरेन्द्रको परिवारका सबै सदस्यको परलोक भएकै कारण तत्कालीन राजा ज्ञानेन्द्रमा अपुताली हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.७) विवादित विजयाघर तत्कालीन राजा वीरेन्द्रको देहावसान हुँदाका अवस्थासम्म निज स्वर्गवासी राजाको नाममा रही निजको देहावसानपश्चात् नारायणहिटी राजदरबारको नाममा नामसारी भए तापनि सो सम्पत्ति राष्ट्र हितको साथै ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत कुनै व्यक्तिको निजी सम्पत्तिको रूपमा नामसारी भई निजी प्रयोगमा आउने प्रकृतिको सम्पत्ति देखिएन । तसर्थ निवेदिकाले दाबी गरेको कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वालसहितको विजया घर राष्ट्रहित र ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत निवेदिकाको निजी हक भोगमा आउने सम्पत्ति नभई नेपाल ट्रष्टअन्तर्गत पर्ने सम्पत्ति रहे भएको देखिने । (प्रकरण नं.८) कुनै प