निर्णय नं. ९९६४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९६४ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०५/१५ २९५३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।५।१५ ०७१-WF-०००५ विषय: उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं. २ बस्ने पुतली सुवेदीको मु.स. गर्ने ऐ.ऐ. बस्ने सावित्री दङ्गाल विरूद्ध विपक्षी : ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ९ बस्ने मनराम सुवेदीसमेत वस्तुतः अंशबन्डा गर्दा अंशियार हकदारहरूका बीच जियजियैको भाग लगाउनुपर्ने र त्यसरी भाग लगाउँदा बराबरी हुनुपर्ने हुन्छ । यसरी जियजियैको अंश भाग पाउने अंशियारा सदस्यहरू मध्ये मुद्दा चल्दाचल्दैको अवस्थामा कुनै वा कोहीको मृत्यु भएमा जीवित अंशियाराबीच मात्र बन्डा लाग्ने भएपनि कुनै अंशियारले अंश मुद्दा चल्दाचल्दैको अवस्थामा अंश पाउने अंशियारभन्दा बाहिरको व्यक्तिलाई आफ्नो भागको अंश बकसपत्रको लिखतबाट हस्तान्तरण गरिदिएमा त्यस्तो लिखतबाट हक सृजना हुने व्यक्तिको हक जियजियैरूपमा समान किसिमले अंश पाउने हकदारको रूपमा नभई दैयादारको रूपमा हक सृजना हुने हुँदा यस्ता दैयादारले आफूले प्राप्त गरेको लिखतभन्दा बढी भाग दाबी गरेमा त्यो मुलुकी ऐन, अंशबन्डाको १ नं. र २ नं. को कानूनको उद्देश्य र मर्मविपरीत हुन जाने । (प्रकरण नं.५) व्यक्तिको कानूनी हक अधिकारको ठाडै हनन् भएको स्थितिमा फैसलामा व्यक्त निर्णयधारको व्याख्या गर्दा उक्त निर्णयधारभित्रको सीमित वाक्य, वाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या नगरी कानूनको उद्देश्य र न्यायको मार्ग सुनिश्चित हुने तवरबाट व्याख्या गर्नु पर्दछ । यदि शाब्दिकरूपमा व्याख्या गरियो भने त्यो केवल प्राविधिक मात्र हुन गई कानून र न्यायको मकसदविपरीत हुन जाने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी एवं विद्वान् अधिवक्ताहरू श्री श्यामजी प्रधान, श्री ध्रुव मानन्धर, श्री भोजराज भट्ट र श्री अर्जुन आचार्य विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ एवं विद्वान् अधिवक्ताहरू श्री डेकेन्द्रप्रसाद सुवेदी र श्री सानु शाक्य अवलम्बित नजिर : सम्बद्ध कानून : यस अदालतको संयुक्त इजलासमा आदेश गर्ने माननीय न्यायाधीश श्री सुशीला कार्की मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश न्या.सारदाप्रसाद घिमिरे : यस अदालतको संयुक्त इजलासबाट मिति २०७१।७।४ मा आदेश हुँदा संयुक्त इजलासमा संलग्न माननीय न्यायाधीशहरूबीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयका लागि पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छ । तोरणबहादुर सुवेदीको दुई श्रीमतीमध्ये नानीमैया सुवेदीतर्फको छोरा प्रत्यर्थीमध्येका मनराम र पुतली सुवेदीको छोरी म निवेदिका हुँ । प्रत्यर्थी मनराम सुवेदीसमेतले तोरणबहादुर र पुतलीउपर प्रस्तुत गरेको अंश चलन मुद्दामा तहतह हुँदै मिति २०६०।९।२१ मा सर्वोच्च अदालतसमेतबाट हाल दुई अंशियार मात्र कायम गरी म निवेदिकाले २ भागको १ भाग अंश पाउने ठहरेको छ । वादी मनरामसमेत भएको लिखत बदर मुद्दामा समेत दुई भागको १ भाग मात्र लिखत बदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहरी सर्वोच्च अदालतबाट फैसला भई अन्तिम भएर बसेको छ । वादी नानीमैया सुवेदीसमेत प्रतिवादी पुतली सुवेदीसमेत भएको अ