निर्णय नं. ९९६५ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९६५ - सवारी ज्यान भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०८/१६ १४१९२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।८।१६ ०७३-CF-०००१ मुद्दाः सवारी ज्यान पुनरावेदक / वादी : रामचन्द्र घिमिरेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भारत मोतीहारी नकरदेही थाना घर भई हाल चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं.९ बस्ने गोपाल राउतको छोरा परमेश्वर भन्ने कलेश्वर राउत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एकअर्कामा अन्तरसम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनु चालकको कैफियतकै रूपमा लिनुपर्ने हुन्छ जसमा उपदफा (३) आकर्षित नभई लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुने भई उक्त कसुरका लागि दफा १६१(२) बमोजिमको सजाय हुने । (प्रकरण नं.८) सवारी साधन चलाउने व्यक्तिमा अनिवार्य रूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुनसक्ने जीउधनमाथिको सम्भावित जोखिम हटाउनका लागि नै विधायिकाले कानूनी व्यवस्था गरेको मान्नुपर्ने हुन्छ । सवारी चालक अनुमतिपत्र लिनु पर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई बाध्यात्मक र अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था भएकोले सवारी चालकले सवारी चलाउनु अघि अनुमतिपत्र प्राप्त गरेकै हुनुपर्ने । (प्रकरण नं.११) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०७०, फागुन, नि.नं.९०७३, पृ.१३२७ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई चितवन जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा । यस अदालतको संयुक्त इजलासबाट फैसला गर्ने: माननीय न्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.जगदीश शर्मा पौडेल : यसमा यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।९।१६ मा सर्वोच्च अदालत नियमावली २०४९, को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने भएका आदेशानुसार पूर्णइजलासको दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ७ स्थित पूर्वमा खाली जग्गा पश्चिममा सनराइज बोर्डङ स्कुल कम्पाउण्ड, उत्तरमा चौबीसकोठीतर्फ जाने सडक र दक्षिणमा गौरीगन्जतर्फ जाने सडक, यति चार किल्लाभित्र रहेको सडकमा मिति २०६७/६/६ गते अन्दाजी १४:०० बजेको समयमा परमेश्वर भन्ने व्यक्तिले चलाएको नं. नखुलेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने चितवन भरतपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३२ की गीता घिमिरे घाइते भएको भन्नेसमेत बेहोराको मिति २०६७/६/६ को घटनास्थल मुचुल्का । मिति २०६७/६/६ गते अन्दाजी १४:३० बजेको समयमा मेरी श्र