निर्णय नं. ९९६६ - बच्चा जिम्मा लगाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९६६ - बच्चा जिम्मा लगाई पाऊँ भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/१२/१४ ३१८१ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।१२।१४ ०६८-CI-०१४७ मुद्दाः बच्चा जिम्मा लगाई पाऊँ पुनरावेदक / प्रतिवादी : राम विलास महतोको श्रीमती जिल्ला सप्तरी, गा.वि.स. कोचाबखारी वडा नं. ४ बस्ने पुनिता देवी महतो विरूद्ध प्रत्यर्थी / वादी : सुकदेव महतोको छोरा ऐ.ऐ. बस्ने नारायण महतो फिराद दायर हुनुअघि नै लोग्ने स्वास्नीको महलको ३ को देहाय २ नं.को कानूनी व्यवस्था लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले खारेज गरिसकेको देखिन आएकाले फिराद माग दाबीबमोजिम वादीलाई न्याय प्रदान गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.४) मुलुकी ऐन, लोग्नेस्वास्नीको महलको कानूनी व्यवस्थाको ३ नं. को देहाय १ मा आमाले आफैँ पाल्न चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने उल्लेख भएबाट ५ वर्ष नपुगेका वा ५ वर्षदेखि माथिका नाबालक पाल्ने पहिलो दायित्व आमामा नै रहेको र निजले पाल्न नचाहेमा मात्र बाबुले पाल्न पाउने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री डालकुमार खड्का प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ताराबहादुर न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री शम्भुराम कार्की सप्तरी जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः मा.न्यायाधीश श्री जगदीश शर्मा पौडेल मा.न्यायाधीश श्री दीपककुमार कार्की पुनरावेदन अदालत राजविराज । फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम अनुमति प्रदान भई पुनरावेदन दायरीमा दर्ता हुन आई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः विपक्षीमध्येका पुनिता देवी मेरो पत्नी नाताको भई हाम्रो दाम्पत्य जीवनबाट २०५९ साल वैशाख महिनामा एक छोरा विकासकुमार महतोको जायजन्म भएको छ । मिति २०५९।८।२९ गतेमा विपक्षी पुनिता देवी मेरो धनमालसमेत लिई विपक्षी रामविलाससँग पोइल गएकोमा निजहरूउपर सा.दे.नं. २००६ को धनमाल तथा म र विपक्षी पुनिता देवीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भनी सम्बन्ध विच्छेद मुद्दा चलाएकोमा म वादी र विपक्षी पुनिता देवीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहरी र धनमाल मुद्दामा वादी दाबी नपुग्ने ठहरी मिति २०६२।११।११ मा सप्तरी जिल्ला अदालतबाट फैसला भएको छ । सो फैसला पुनरावेदन नपर्दा मिति २०६४।२।१ गते विपक्षीहरू समिपमा गई मेरो नाबालक छोरालाई म आफैँ पाल्छु मेरो जिम्मा दिनुस् भन्दा विपक्षीहरूले तिम्रो छोरा दिँदैनौं भनी जवाफ दिएका हुँदा तथा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको दफा ३ को देहाय २ मा ५ वर्षेदेखि माथिका नाबालकलाई आमाले अर्को विवाह गरेको अवस्थामा बाबुले पाल्नु पर्छ भन्ने कानूनी व्यवस्था भएको र मेरो छोरा मिति २०६४।२।१ गते ५ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेकोले मेरो नाबालक छोरा विकासकुमार महतोलाई मेरो जिम्मा लगाई पाउँ भन्ने बेहोराको वादी नारायण महतोको फिराद पत्र । वादीको छोरा विकासकुमार महतोलाई हामी प्रतिवादीहरूले राखेको होइन छैन । हामी प्रतिवादीहरूको जिम्मामा वादीको छोरा विकासकुमार छैन । वादीले हामीहरू उपर दायर गरेको सा.दे.नं. २००६ को धनमाल मुद्दामा छोरा विकासकु