निर्णय नं. ९९६७ - मूल्य अभिवृद्धि कर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९६७ - मूल्य अभिवृद्धि कर भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०१/१९ ६१०६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा फैसला मिति : २०७४।१।१९ ०७२-RB-०४५४ मुद्दाः मूल्य अभिवृद्धि कर (आ.व.०६४/०६५) पुनरावेदक / वादी : ठूला करदाता कार्यालय, ललितपुर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्थानीय लेखा नम्बर ५००००१३१६८ को पशुपति सिमेन्ट प्रा.लि.का अध्यक्ष वीरेन्द्र कुमार संघाई कुनै उद्योगले आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि प्रचलित कानूनको अधीनमा रही सवारी साधन खरिद गर्न पाउने नै हुन्छ । उद्योगको व्यवसायिक कारोबार सञ्चालन गर्न आवश्यक भई खरिद गरी प्रयोगमा ल्याइएको सवारी साधन खरिदसम्बन्धी मूल्य अभिवृद्धि करबापतको कर कट्टा गर्न पाउने छुट करदाताले पाउने नै देखिन्छ । यसप्रकारको कुरामा सामान्य प्राविधिक तर्कअगाडि सारेर करदातालाई कानूनबमोजिमको सुविधा प्राप्त गर्नबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताद्वय श्री हरिशंकर ज्ञवाली र श्री ज्ञानप्रसाद भुषाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः प्रमुख कर प्रशासक श्री सुरेश प्रधान पुनरावेदन तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री दीपककुमार कार्की लेखा सदस्य श्री हरि पोखरेल राजस्व सदस्य श्री मणिदेव भट्टराई राजस्व न्यायाधिकरण काठमाडौं । फैसला न्या. ईश्वरप्रसाद खतिवडा : राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६९।९।२२ गतेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) बमोजिम पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः पशुपति सिमेन्ट प्रा.लि.को लेखा परीक्षण सम्पन्न भई पेस भएको प्रतिवेदनका आधारमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९(१) बमोजिम कर, जरिवानासमेत जम्मा रू.१,५९,९४६।- को प्रारम्भिक कर निर्धारण आदेश आन्तरिक राजस्व कार्यालय, काठमाडौंबाट मिति २०६७।३।३१ गते जारी भई उक्त कर निर्धारण हुनु नपर्ने वा परिवर्तन गर्नुपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त गरेको १५ दिनभित्र पेस गर्नु अन्यथा सर्वसञ्चित कोषमा दाखिला हुने गरी जम्मा गर्नु हुन भनी सूचित गरिएको पत्र मिति २०६७।४।२ गते करदाताले बुझी लिएको । ठूला करदाता कार्यालयको मिति २०६७।३।३१ को पत्रको सम्बन्धमा सो पत्रमा उल्लेख गरिएअनुसार झिकाएको पिकअप भ्यान मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ४१(२) (ख) ले गरेको परिभाषाभित्र पर्दैन । हामीले झिकाएको निसान नाम गरेको सवारी साधन डबल पिकअप यात्रुबाहक सवारी साधन नभई सामान ओसारपसार गर्न झिकाइएको हो । तसर्थ उक्त सवारी साधन खरिदमा तिरेको रकम मूल्य अभिवृद्धि कर ऐनबमोजिम खर्च कट्टी पाउनु पर्छ भनी करदाताको तर्फबाट ठूला करदाता कार्यालयमा मिति २०६७।४।१४ मा जवाफ पेस गरेको पाइन्छ । ठूला करदाता कार्यालयबाट करदातालाई मिति २०६७।३।३१ गते जारी गरिएको प्रारम्भिक कर निर्धारण आदेशबमोजिम नै लाग्ने जरिवानासमेत समावेश गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २०(१) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २९(३) बमोजिम अन्तिम कर निर्धारण गर्ने गरी ठूला करदाता कार्यालयबाट मिति २०६७।४।२१ मा खडा भएको निर्णय पर्चा र सोहीबमोजिम मिति २०६७।४।२१ मा नै करदाताको नाममा जारी भएको अन्तिम कर निर