निर्णय नं. ९९६८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९६८ - परमादेश भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/१०/१४ ४६०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा आदेश मिति : २०७४।१०।१४ ०७३-WO-१३४२ विषय: परमादेश निवेदक : कर्णबहादुर श्रेष्ठको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ घर भई हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवातर्फको मेडिकल अधिकृत, आठौं तह (प्राविधिक) पदमा कार्यरत वर्ष ४७ को प्राध्यापक डा. दिपेन्द्र श्रेष्ठसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत मानिसको बाँच्‍न पाउने हकसँग सम्बन्धित विषय भएकाले चिकित्सा विज्ञानसम्बन्धी अध्ययन, अध्यापन गर्दा गराउँदा निश्‍चित मापदण्ड पूरा गर्नु अनिवार्य देखिन्छ । यो गरे पनि हुने, नगरे पनि हुने काम चलाउ प्रकृतिको र औपचारिकता निर्वाह गर्ने विषय होइन । त्यसैले चिकित्सा शिक्षा र सेवालाई भरपर्दो, स्तरीय र सक्षम तुल्याउनका लागि कानूनद्वारा निर्धारित प्रक्रिया अपनाउँदै अधिकतम् प्रयास निरन्तर कायम राख्‍न जरूरत रहने । कानूनको निर्माण भएपछि त्यसको प्रभावकारी कार्यान्वयन हुनु नै पर्दछ । व्यवस्थापनसम्बन्धी कठिनाई देखाएर कानून कार्यान्वयन हुन नसकेको कुराको औचित्य पुष्टि हुन सक्तैन । कानून निर्माण हुने तर कार्यान्वयन नगरिने अवस्था देखा पर्‍यो भने त्यसबाट कानूनपरायणताको संस्कार निर्माण नहुने, कानूनलाई छल्ने प्रवृत्ति बढ्‍न जाने र कानूनको शासन कमजोर बन्‍ने खतरा रहन्छ । यो अवस्था निश्‍चय नै शोभनीय नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता डा. श्री भिमार्जुन आचार्य विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी तथा विद्वान् अधिवक्ताद्वय श्री ओमप्रसाद थपलिया र श्री संजीव आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ: निवेदन बेहोरा हामी रिट निवेदकहरू विपक्षी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (यसपछि राष्ट्रिय प्रतिष्ठान भनिएको) मा विभिन्‍न मितिमा नियुक्ति पाई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक वहन गरिरहेका छौं । प्रतिष्ठानको हित चिताई हामीहरूले काम गरिरहेका छौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ (यसपछि राष्ट्रिय प्रतिष्ठान ऐन भनिएको) जारी हुनुपूर्व चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थानमा वीर अस्पताल विकास समिति रहेको थियो । मिति २०६३/०८/१७ मा राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ प्रमाणीकरण भई लागू भएपछि ऐनले राष्ट्रिय प्रतिष्ठानलाई एक स्वशासित र संगठित संस्थाको हैसियत प्रदान गरेको छ । राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी चिकत्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (शिक्षक सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६४ प्रतिष्ठानको सभाबाट मिति २०६४/१०/१४ मा स्वीकृत भई जारी भएको अवस्था छ । यसैगरी राष्ट्रिय प्रतिष्ठान ऐनको दफा ३५ ले दिएको अधिकार प्रयोग गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ समेत जारी भएको अवस्था छ । राष्ट्रिय प्रतिष्ठान ऐनको दफा ३४(१) मा यो ऐन प्रारम्भ हुँदाका बखत अस्पतालमा कार्यरत ने