निर्णय नं. ४३२५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३२५ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१३ २१९७ निर्णय नं. ४३२५ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं. १०८७ आदेश भएको मिति: २०४८।७।१३।२ मा निवेदक : वीरगंज चिनी कारखाना लिमिटेड अन्तर्गत उखु विकास महाशाखाका एग्रानोमिष्ट प्राविधिक तह ६ मा कार्यरत रविद्रनाथ पाठक विरुद्ध विपक्षी : वीरगंज चिनी कारखाना लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धकसमेत विषय : उत्प्रेषण (साविक पेज नं. ३५९) (१) निवेदक उपर जाँचबुझ गर्ने आदेश हुनु भन्दा अगावै संकलन गरिएको सबूद प्रमाणहरुलाई नै मुख्य आधार बनाई कारबाही गर्ने निर्णय गरेकोले कानुन बमोजिमको आधार भन्न भएन । (प्रकरण नं. १०) (२) स्पष्टीकरण माग गरेको भन्दा बेगलको आरोपमा एक तह घटुवा गर्ने निर्णय गरिएको र निवेदकको विरुद्धमा एक तह घटुवा गर्ने उचित र पर्याप्त कानुन बमोजिमको आधार समेत नदेखिँदा एक तह घटुवा गर्ने गरेको संचालक समितिको निर्णय र पुनरावेदन निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवनन्द दास सरस विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक विपक्षी कारखानामा २०४० साल माघमा एग्रोनोमिष्ट प्रा.पद तह ७ मा प्रथम नियुक्ति पाई मेरो पद अनुसारको आफ्नो जिम्मेवारी पूरा गरी कर्तव्यनिष्ठ भई इमान्दारीपूर्वक कामकाज गर्दै आइरहेको थिएँ । उक्त कारखाना अन्तर्गतको उखु फाराम सिमरामा २०४५ साल आषाढमा सरुवा भई कामकाज गर्दै रहेको अवस्था सोही फारामको डि. ब्लकमा सुखलैया जाने बाटो देखि उत्तरतर्फको १८–४–१८ जग्गाको खुटी उखु जोताई गोडमेल गराउनु पर्ने भई मैले विधिवत कोटेशन माग गरी सबभन्दा घटी दर हुने जि.बारा डुमरवाना गा.पं. वार्ड नं. ६ बस्ने ठेकेदार रामबहादुर खड्काले प्रति बिगाहा रु. १७५।– को दरको कोटेशन स्वीकृत गरी काममा लगाए । निजले सो सम्पूर्ण जग्गा काठे हलोले एक पटक जम्मै जग्गा जोती सकेको भनी सो कुरा जाँचबुझ गर्ने काममा खटिएका जे.टि.ए.ले जोताई कार्य पूरा भइसकेको प्रतिवेदन दिएपछि २०४६।२।२६ गते निर्धारित रेट प्रति बिगहा रु. १७४।– ले हुने रु. ३,१९२।८८ रकम चेक नं. ९६४१७३ बाट निज ठेकेदारलाई भुक्तानी भयो । उक्त चेकमा म हाकिम अधिकृतको हैसियतले सही गरी भुक्तानी दिई कोटेशन बमोजिमको काम सम्पन्न भएको थियो । ३. उपरोक्त बमोजिम १८–४–१८ जग्गाको जोताई कार्य भएको भनी भुक्तानी दिएकोमा करीब ५ बिगाहाको मात्र कार्य गराई पूरै भुक्तानी दिएको भनी रिपोर्ट पर्न आएकोले नायव महाप्रबन्धक र अन्य कर्मचारी खटिई काठे हलो जोत्ने ठेकेदार समेतको रोहवरमा स्थलगत निरीक्षण गर्दा करीब ५ बिगाहामा मात्र एक लाइनको हिसाबले जोती प्रति बिगाहा १७५।— को दरले १८–४–१८ को भुक्तानी दिएको र ठेकेदारले रुपैयाँ बैंकबाट झिकी रु. ६००।– जे.टि.ए. लाई र रु. १,७००।– इन्चार्ज रविन्द्रनाथलाई दिएको भनी नायव महाप्रबन्धकलाई निवेदन दिएको हुँदा यसमा के भएको हो ? भनी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न अध्यक्ष तथा महाप्रबन्धकज्यूबाट म संग मिति २०४६।२।३१ को पत्रले स्पष्टिकरण माग गर्दा मैले भएको उपरोक्त व्यहोराको स्पष्टिकरण दिएको थिएँ । त्यसपछि मलाई उखु फाराम सिमराबाट वीरग