निर्णय नं. ९९६९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९६९ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०१/२८ ५२६० प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडितको परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७४।१।२८ ०७१-CR-११८५ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : अछाम जिल्ला जनालीकोट गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा अछाममा कैदमा रहेको डिल्ली स्वाँरसमेत विरूद्ध प्रत्यर्थी / वादी : शान्ति धामी (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्‍याउनपर्ने हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिला गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्‍ठपोषण गरेसरह हुन जाने । (प्रकरण नं.५) गाउँ समाजको परिवेश, गरिबीसमेतका कारणले सामाजिक प्रभाव, दबाब वा आर्थिक लोभमा परी वारदात नै नभएको भनी निवेदन पर्नुलाई अस्वाभाविक मान्‍न मिल्दैन । वास्तवमा, कुनै पनि वारदात सम्बन्धमा भएको अनुसन्धानको नतिजा नै कसुर भए नभएको तथ्य निर्धारण गर्ने महत्त्वपूर्ण कसीको रूपमा रहेको हुन्छ । पछिबाट कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरेकै आधारमा मात्र सफाइ दिने हो भने न्याय व्यवस्थाको उपहास हुन जाने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सञ्‍जिव कुमार लामा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जिल्ला न्या. श्री विष्‍णुप्रसाद अर्याल अछाम जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री भानुभक्त शर्मा न्यौपाने मा.न्या. श्री हिमालयराज पाठक पुनरावेदन अदालत डोटी । फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०६८।११।२४ गतेका साँझतिर नाम परिवर्तित राधा धामी गाउँको पटकानी भन्‍ने ठाउँमा होली जात्रा हेर्न गर्इ घर फर्की आउने क्रममा बाटोमा पर्ने वडघारी खेतमा पुगेपछि अभियुक्तहरू रोचक कुँवर, डिल्ली स्वाँर, ध्रुव कुँवर, राकेश कुँवरसमेत जना ४ मिली निज पीडितलार्इ जबरजस्ती रूपमा समार्इ निजको मुखसमेत बन्द गरी सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलार्इ कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको जाहेरी दरखास्त । मिति २०६८।११।२४ गते साँझ म गाउँको पटकानीमा होलीको जात्रा हेर्न गएकी थिएँ । होली जात्रा हेरी राति घर आउने क्रममा बाटोमा ध्रुव कुँवर, डिल्ली स्वाँर, राकेश कुँवर, रोचक कुँवरसमेत जना ४ ले तँलार्इ घरसम्म पुर्‍याइदिन्छु भनी मलार्इ समार्इ जौ बारीमा पल्टार्इ मेरो मुखसमेत थुनी जबरजस्तीरूपमा पालैपालो गरी सामूहिकरूपमा जबरजस्ती करणी गरेका र घटनाबारे कसैलार्इ भनिस् भने तेरो ज्यानसमेत जान सक्छ भनी ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा आफ्नोसमेत बेइज्जत हुन्छ भन्‍ने डरले सुरूमा मैले घटनाबारे कोही कसैलार्इ भनेकी थिइनँ । केही दिनपछि मेरी भाउजूले सोध्दा मैले घटना भएको कुरा बताएपछि निज भाउजूले जाहेरी गरेकी हुन् भन्‍ने पीडित राधा धामीले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको कागज । अछाम जनालीकोट गा.वि.स वडा नं. ४ बडधारास्थित पूर्वमा