निर्णय नं. ९९७१ - लिखत बदर दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९७१ - लिखत बदर दर्ता बदर दर्ता भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७३/११/१५ ३९५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७३।११।१५ ०७०-CI-०८९७ मुद्दाः लिखत बदर दर्ता बदर दर्ता पुनरावेदक / वादी : रौतहट जिल्ला जयनगर गा.वि.स. वडा नं.५ बस्ने लालबाबु राय यादवसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला प्रेमपुर गोनाही गा.वि.स. वडा नं.१ बस्ने उपनेत्रीकुमारी राय यादव छुट्टी भिन्न भइसकेपछि आमाले आफ्नो अंशको जग्गा छोरीलाई बकसपत्र दिन नपाउने भन्ने हुँदैन । बन्डापत्रमा कुनै सर्त लेख्दैमा सो सर्तले अंशियारलाई बाँध्दैन । अंशियारहरूबीच जियजियै बन्डा गर्नुपर्ने अंशको विषयमा बन्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारहरूको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान बकस गर्न पाउँदैन भन्नु भेदभावपूर्ण हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रशन्नकृष्ण दास प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०४६, अंक ६, नि.नं.३८५०, पृ.६३१ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री गुणराज ढुङ्गेल रौतहट जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत हेटौंडा । फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- हाम्रो मूल पुरूष बिगन राय यादव निजको श्रीमती मनवा देवी र हामी दुई छोरा जेठा लालबाबु राय यादव र कान्छो धिरेन्द्र राय यादव भएकोमा बाबुको मिति २०४८।१।१९ मा स्वर्गवास भइसकेपछि मालपोत कार्यालयबाट अंशबन्डापत्र गर्दा र.नं.२८४५ मिति २०६५।८।९ गतेको अंशबन्डापत्रको लिखतमा आमा मनवादेवीको भागमा परेको जग्गाको हकमा दुवै छोराको मन्जुरीले बेचबिखन दान बकसपत्र गर्न बन्देज राखी लिखत पास भएकोमा मानवादेवी वर्ष ६४ को बुढी रहेकोमा निजबाट र.नं.३५७० मिति २०६७।६।२० गते उपनेत्रीकुमारी देवीको नाउँमा दर्ता गराई लिएकोमा बुढी आमाको नाउँको जग्गा दर्ता गराउँदा हामीहरूको मन्जुरी लिनुपर्नेमा सो नलिएकोले र.नं.३५७० मिति २०६७।६।२० गतेको लिखत दर्ता बदर गरी पूर्ववत् आमा मनवादेवीको नाउँमा यथावत् कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । मनवादेवीले आफ्नो अंशमा पाएको जग्गा कानूनको अधीनमा रही आफ्नो छोरी उपनेत्रीकुमारी देवीलाई लिखत गरिदिएकोले बदर नहुने गरी वादीको गैरकानूनी फिरादबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उपनेत्रीकुमारी देवीको प्रतिउत्तर पत्र । यी वादीहरूबीच अंशबन्डापत्रको लिखत पारित हुँदा मेरो अंश भागमा परेको जग्गाहरू मेरो दुवै छोराको मन्जुरीले बेचबिखन दान गर्छु भनी सर्त राखिएकोमा मबाट छोरी प्रतिवादीले कि.नं.२५ को जग्गा हालैको बकसपत्रको लिखत पारित गर्दा गराउँदा यी वादी छोराहरूको कुनै मन्जुरी नलिई गुपचुप तरिकाबाट गराएको हुँदा त्यस्तो लिखत मुलुकी ऐन, स्त्री अंशधनको महलको ५ नं. को कानूनप्रतिकूल भएकोले वादी दाबीअनुसार बदर हुनुपर्ने हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मनवादेवीको प्रतिउत्तरपत्र । प्रस्तुत मुद्दामा जग्गा अन्यत्र कसैलाई हा.व. गरिदिएको नभई आफ्नै छोरीलाई त्यो पनि पैसा