निर्णय नं. ९९७२ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९७२ - लिखत दर्ता बदर भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०८/०४ ५९२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री हरिकृष्‍ण कार्की फैसला मिति : २०७४।८।४ ०७०-CI-११३४ मुद्दाः लिखत दर्ता बदर पुनरावेदक / प्रतिवादी : भीमबहादुर घोले तामाङकी पत्‍नी ललितपुर जिल्ला भारदेव गाउँ विकास समिति वडा नं. ८ बस्ने मञ्‍जली घोले तामाङ विरूद्ध विपक्षी / वादी : ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ बस्ने केदार स्याङ्तानको छोरा रविन स्याङ्तान जुन जग्गाको स्रोत नै जालसाजीपूर्ण रहेको छ । त्यस्तो जग्गाको सम्बन्धमा भए गरेको लिखतलाई सद्दे भनी व्याख्या गर्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.६) जालसाजीपूर्ण कार्य जहिलेसुकै पनि गैरकानूनी नै हुन्छ । हदम्याद नभएको भन्ने आधारमा जालसाजीपूर्ण कार्यले वैधानिकता पाउन नसक्ने । गैरकानूनी तवरबाट प्राप्त हुन आएको सम्पत्ति कानूनसम्मत तवरबाट लिखत पारित गरेको भन्ने मात्र आधारमा कानूनसम्मत मान्न नमिल्ने हुँदा प्रतिवादीसमेतको अंश हक लाग्ने जग्गामा लिनुदिनु गरी भएको लिखत वादीको हकसम्म बदर हुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री अमृता ओझा विपक्षी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या.श्री बाबुराजा कार्की ललितपुर जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शिवराज अधिकारी माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल पुनरावेदन अदालत पाटन । फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत पाटनको मिति २०७०।५।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी केदार सिं स्याङ्तान मेरो पिता हुनुहुन्छ । विपक्षी पिता, भाइ राजेन्द्र र मेरा परिवारसमेत सगोलमा नै बसी आएका छौं । हामीबीच अंशबन्डा भएको छैन । म भारततिर रहने गर्दछु । भारतबाट घर फर्की आउँदा ममाथि समेत श्रीमतीले अंश मुद्दा हालेको थाहा पाएँ । विपक्षी पितासँग अंश छुट्‍याई दिनुस् भन्दा मसँग केही अंश छैन धितोमा राखेको जग्गा खाई दिइसक्यो भनेकोले मालपोत कार्यालय गई यथार्थ कुरा बुझ्दा दिने केदार सिं स्याङ्तान लिने रामकुमार राना क्षेत्री भई मिति २०६५।११।२२ मा र.नं. ५२२२(घ) बाट लिने दिने गरेको र सो जग्गा रामकुमार रानाले र.नं. ७३२०(घ) मिति २०६६।०२।०५ मा मञ्‍जली घोलेलाई बिक्री गरिदिने जालसाजी तरिका अपनाई सगोलका अंशियार हकवालालाई थाहा जानकारी नदिई मन्जुरीको लिखत नगराई साक्षीसम्म नबसाई लिखत पास गरी गराई लिए दिएको ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ कि.नं. १४६ क्षेत्रफल ५–२–०–० जग्गामध्ये ३ खण्डको २ खण्ड मलगायतको अंश हक हुन आउने क्षेत्रफल ३–६–२–२ जग्गाको हकसम्मको लिखत बदर गरिपाउँ भन्‍नेसमेत बेहोराको रविन स्याङ्तानको फिरापत्र । विपक्षीको फिराद दाबी झुठ्ठा हो । विपक्षीका पिताले घर खर्च गर्न भनी मसँग जग्गाको पूरा मूल्य लिई जग्गा बिक्री गर्नुभएको हो । मालपोत कार्यालयबाट कानूनबमोजिम पारित गरी लिएको लिखत बदर हुनसक्दैन । विपक्षीलाई मुद्दा गर्ने हकदैया नहुँदा फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको रामकुमार रानाक्षेत्रीको प्रतिउत्तरपत्र । विपक्षीको फिराद दाबी झ