निर्णय नं. ९९७३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९७३ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०२/०९ ५४४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७४।२।९ ०६९-WO-१२३१ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. १ बस्ने श्यामप्रसाद श्रेष्‍ठ विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, स्याङ्जासमेत कुनै पनि व्यक्तिको सम्पत्तिमाथि त्यस्तो व्यक्तिको मौलिक हक हुने र त्यस्तो सम्पत्तिलाई राज्यले प्राप्त गर्ने अवस्थामा राज्यले कानूनको प्रक्रिया अपनाई उचित मुआब्जा दिनुपर्ने विषयमा विवाद हुन नसक्ने । (प्रकरण नं.७) सरकारी कार्यालयको लागि जग्गा सरकारले आफ्नो प्रयोगमा लिई सट्टाभर्ना गर्ने कारवाहीको उठान भएको अवस्थामा जग्गा नै वा मुआब्जा प्राप्त हुन्छ भन्ने विश्वासमा कुनै नागरिक रहन्छ भने त्यो वैध अपेक्षा मान्नुपर्ने । (प्रकरण नं.९) जनताको जग्गा सरकारले लिई सरकारी कार्यालय बनाई प्रयोग गरिनु र सोबापत नागरिकलाई सट्टा जग्गा नै दिने विश्वास दिलाइएको एवं सरकारी संयन्त्रहरूले जग्गा दिलाउन पहलसमेत गरेपनि वन क्षेत्रसँग सम्बन्धित केही कानूनी अड्चन आएको कारण सट्टा जग्गा दिने कार्य अवरूद्ध भएपनि निरन्तर रूपमा त्यसको समाधान खोज्ने प्रयत्‍न भएबाट यी निवेदकले वैधानिक अपेक्षा (Legitimate expectation) राखी बसेको अवस्थालाई अन्यथा भन्न सकिँदैन । यस्तो असामान्य परिस्थितिमा निवेदकको हक प्रचलन गराइदिनु राज्य संयन्त्रको कर्तव्य हुन आउने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र अधिवक्ता श्री श्यामप्रसाद श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : ने.का.प. २०५८, अंक १२, नि.नं.६९७० ने.का.प. २०७२, अंक १२, नि.नं. ९५०८ ने.का.प. २०७४, अंक १, नि.नं.९७५३ ने.का.प. २०७४, अंक ४, नि.नं.९७९० सम्बद्ध कानून : जग्गा प्राप्ति ऐन, २०१८ जग्गा प्राप्ति ऐन, २०३४ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यसप्रकार रहेको छ:- जिल्ला स्याङ्जा पुतलीबजार गा.वि.स. वडा नं. ९ हालको पुतलीबजार नगरपालिका वडा नं. १ को कि.नं. २७८० को क्षेत्रफल ५-१२-१-२ को जग्गा साबिकमा १९९५ सालको पाखो मोठमा मेरो बाजे शिवलाल श्रेष्‍ठको नाउँमा पाटे दर्ता भई २०२२ सालमा मेरा बाबु गुञ्‍जमान श्रेष्‍ठका नाउँमा भु.सु. ७ नं. फारामसमेत भरी आएको साल बसाली तालुकदार जि.मु. गजेन्द्रमार्फत तिरो भरो भोगचलन गरी आएको स्याङ्जाको पाखो बारी भन्ने मेरो पैतृक जग्गा स्याङ्जा जिल्ला साबिक सदरमुकाम पश्‍चिम नुवाकोटबाट २०२० सालमा सरी सरकारी भवन बनी सञ्‍चालन हुँदै आएको र तत्कालीन स्याङ्जा जिल्ला स्तरीय कार्यालय प्रमुख तथा राजनीतिक प्रतिनिधिको जिल्ला समितिले मिति २०२२।१२।२९ मा निर्णय गरी उक्त जग्गाको सट्टा साबिक स्याङ्जा पुतलीबजार गा.पं. वडा नं. २ को कि.नं. ३२६ को क्षे.फ. ५-७-२-१ को चितिकुना भन्‍ने वनजंगल क्षेत्रमा पर्ने जग्गा दिएकोमा सो जग्गा पनि सर्वे नापीको समयमा म निवेदकसमेतको नाउँमा नापी कित्ताकाट भई वनजंगल भएको कारण वन कार्यालयबाट रोक्‍का भई दर्ता हुन नसकी सरकारकै नाउँमा दर्ता भएको सो जग्गा फुकुवा होस् भनी बारम्बार निवेदन गर्दा पनि फुकुवा हुन नसकेकोले तत्कालीन राजामा बिन्तीपत्र चढाउँदा राय