निर्णय नं. ९९७६ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९७६ - लिखत दर्ता बदर भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०७/१९ ५३७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।७।१९ ०६६-CI-१०३६ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३४ भिमसेनगोला बस्ने भीमकुमारीदेवी मलेकुको संरक्षक छोरा ऐ.ऐ. बस्ने मदनगोपाल मलेकु विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १९ यट्खा बस्ने गोविन्दमान श्रेष्ठ कसैको सम्पत्तिमाथि अर्को व्यक्तिले कसैको हटक खिचोला बिना चोरी वा बदनियत नराखी शान्तिपूर्वक ढंगले लामो समयसम्म भोग कायम राख्दछ भने यस्तो लामो समयको भोगाधिकारबाट भोगकर्ताको स्वामित्वको उदय हुन पनि सक्ने । प्रतिकूल भोगाधिकारको लागि त्यस्तो भोग अविछिन्न र वास्तविक धनीलाई थाहा भएको हुनुपर्दछ । यस्तो भोग बलपूर्वक वा चोरी गरी वा बदनियतपूर्वक गरेको अवस्था हुनुहुँदैन । प्रतिकूल भोगाधिकारको समयावधि कानूनले तोकेको हुन सक्दछ । भोगाधिकार एउटा तथ्य हो, जुन अविच्छिन्नरूपमा लामो समय शान्तिपूर्वक कायम रही रहँदा स्वामित्व प्राप्त हुने एउटा आधार हुने सम्पत्तिसम्बन्धी विधिशास्त्रीय स्थापित मान्यता रहेको पाइने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, श्री रमन श्रेष्ठ र श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताद्वय श्री पूर्णचन्द्र राजवंशी र श्री नरहरी आचार्य प्रत्यर्थी / वादीका तर्फबाट : वरिष्ठ अधिवक्ताद्वय श्री श्रीहरि अर्याल र श्री रामप्रसाद भण्डारी तथा विद्वान् अधिवक्ता श्री बलराम सेढाई अवलम्बित नजिर : ने.का.प. २०६९, अंक २, नि.नं.८७७४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला काठमाडौं जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अली अकवर मिकरानी माननीय न्यायधीश श्री जगदीश शर्मा पौडेल पुनरावेदन अदालत पाटन । फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी पाउन प्रतिवादीको यस अदालतमा निवेदन परी यस अदालतबाट सोही ऐनको दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ : काठमाडौं जिल्ला साबिकमा भिमसेनगोला पञ्चायत वडा नं. ३ कि.नं. २९० को क्षेत्रफल १-१४-२-० जग्गा हामी फिरादीहरूको संयुक्त हक स्वामित्वको टुलीदत्त आँगन देवताको निजी गुठीको जग्गा भई सोको हामी गुठियार हौं । उक्त जग्गा रैकर परिणत दर्ता गरी गंगाराम श्रेष्ठसमेतलाई बिक्री गरेउपर निजहरूका विरूद्धमा लिखत बदर, गुठी बाहेक गरिपाउँ समेतका छुट्टाछुट्टै मुद्दा दिएकोमा हामीहरूको वादी दाबीबमोजिम लिखत बदर गुठी बाहेक हुने ठहरी काठमाडौं जिल्ला अदालतबाट मिति २०४६।९।९ र पुनरावेदन अदालत पाटनबाट मिति २०५३।३।१० मा फैसला भई उक्त फैसला अन्तिम भई बसेको छ । उक्त फैसलाबमोजिम हामीहरूले दाखिल खारिज रैकर परिणत दर्ता गरी जग्गाधनी पुर्जा पाउन मालपोत कार्यालय, काठमाडौंमा कारवाही चलाएकोमा विवादित जग्गा विपक्षीहरूले एकआपसमा मिलेमतो गरी तहतह हुँदै आफ्नो नाउँमा दर्ता गराएको कुरा २०५४।२।१० मा नक्कल लिँदा थाहा भयो । तसर्थ विपक्षीहरूका बीच लिने दिने सम्बन्धमा भूमि प्रशासन कार्या