निर्णय नं. ९९७७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९७७ - कर्तव्य ज्यान भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०८/१३ ४५४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।८।१३ ०७१-CR-०८७० मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : राजदेव मण्डलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति वडा नं. ८ बस्ने सकुर मन्सुरी मियाँसमेत जाहेरी दरखास्तमा नै उल्लेख नभएको कुरा पछि बकपत्र गर्दा सच्याएकोलाई प्रमाणमा लिन मिल्ने नदेखिने । (प्रकरण नं.४) एक समूहका व्यक्तिले अर्को समूहका वारदातमा संलग्न नै नभएका व्यक्तिहरूलाई पनि झुट्ठा पोल गर्ने सम्भावना रहने हुनाले केवल पोल गरेको भनाइकै आधारमा मात्र न्याय निरूपण गर्दा निर्दोष व्यक्ति पनि सजाय भागी हुनसक्ने सम्भावना रहने हुनाले वारदातको प्रकृति, पीडितको अवस्था, बकपत्र गर्ने व्यक्तिको पीडित र प्रतिवादीसँग भएको सम्बन्धसमेतलाई विश्लेषण गरी त्यस्तो अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज तथा बकपत्रलाई ग्रहण गर्नुपर्ने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री रामप्रसाद ओली माननीय न्यायाधीश श्री प्रकाश खरेल सप्तरी जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री शान्तिराज सुवेदी माननीय न्यायाधीश श्री बलराम विष्ट माननीय न्यायाधीश श्री तेजबहादुर राई पुनरावेदन अदालत राजविराज । फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति, वडा नं. ७ स्थित पूर्वमा बाँसघारी, पश्चिममा कोशी नहरको शाखा नहर, उत्तरमा बेचु मण्डलसमेतको खेत, दक्षिणमा रहमान मन्सुरीको यति चार किल्लाभित्रमा मिति २०५९।९।२० गते अपरान्ह ५ बजे लौनिया गाउँ विकास समिति, वडा नं. ९ बस्ने इद्रिस मन्सुरीसमेतले संजयकुमार मण्डलसमेतलाई कुटपिट गरी सो घटनामा सख्त घाइते भएका संजयकुमारको धरान घोपा अस्पतालमा उपचार हुँदाहुँदै निज संजयकुमार मण्डलको मृत्यु भएको वारदात स्थानमा बालुवा भएकोले जमिन माडिएको भन्ने छुट्टयाउन नसकिने तथा उक्त स्थानमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्ने देखिएअनुसारको घटनास्थल मुचुल्का । जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति, वडा नं. ७ स्थित जग्गामा लगाएको गहुँबालीमा मेरो कान्छा भाइ रामसेवक र छोरा संजय मण्डलले मिति २०५९।९।२० गते शनिबारका दिन पानी पटाई रहेको अवस्थामा निज इद्रिस मंसुरी मियाको छोरा ताज मंसुरीसमेत आई दुवै बाबु छोराले म रामसेवकलाई एक्लै पारी हात, मुड्की, लात र बाँसको पट्टासमेतले जत्रतत्र कुटपिट गरिरहेको अवस्थामा हल्ला सुनी गाउँलेहरू आई झगडा छुट्याई दिएपश्चात् म कुसुमले भाइ रामसेवकलाई लिई विपक्षीहरूले फुसको घर बनाई रहेको स्थानमा गई रामसेवकलाई किन कुटपिट गरेको भनी निजहरूलाई सोध्दा विपक्षीहरू एक हुल भई म कुसुम मण्डललाई समेत बाँसको फट्टाले प्रहार गर्दा मेरो टाउकोको अगाडि भाग फुट्न गयो । कुटपिट भएको हल्ला सुनी छोरा संजयकुमार मण्डल पनि घटनास्थलमा आइपुग्दा विपक्षी फूलो मंसुरीसमेतको मानिसह