निर्णय नं. ४३२६ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३२६ - दर्ता बदर भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०६/०२ २२५४ निर्णय नं. ४३२६ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको दे.पु.नं. ८२९ फैसला भएको मिति : २०४८।६।२ मा पुनरावेदक/वादी : मोरङ जिल्ला बेलवारी गा.पं. वार्ड नं. ३ बस्ने ऋषिकेश सुवेदी विरुद्ध विपक्षी/प्रतिवादी : सुनसरी जिल्ला इटहरी गा.पं.वार्ड नं.८ बस्ने रामकुमार सुब्बासमेत मुद्दा : दर्ता बदर (१) हक हस्तान्तरण गर्ने लिखतमा विवाद नभएपछि के कति जग्गा कस्को हो सबूद प्रमाण कानुनका आधारमा इन्साफ गर्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की फैसला न्या.लक्ष्मणप्रसाद अर्याल १. प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. मैले बमबहादुर लिम्बुबाट २०२५।२।२६ मा रु. ३६५०।– थैली हाली निज नाउँ दर्ताको जि.सुनसरी प्रवेली मौजे काला बंजरा इटहरी गा.पं. वार्ड नं. १ अन्तर्गतको साविक कि.नं. २८० को २।।।१।।। दुई कठ्ठा पौने सत्र धुर जग्गा राजीनामा गरी लिएको थिएँ । सो जग्गा नामसारी दाखेल खारेज गरी ०२५ साल देखि मालपोत तिरी २ नं. रसिद प्राप्त गरी जग्गा भोगी चर्ची आएकोले फिराद जिकिर गरे अनुसार विपक्षी रामबहादुरको जग्गा र मेरो जग्गा अलग अलग हुँदा हुँदै सो कुरालाई जानी जानी विपक्षीले मेरो हकको कि.नं. २२५ को ०–२–१६१२ जग्गा मिति ०३९।७।१ मा नामसारी दाखिल दर्ता गरी लानुभएको र सो भन्दा अघि बिना आधार प्रमाण महेश्वर लिम्बुका नाममा दर्ता कायम भएको, विपक्षी रामबहादुर महेश्वरका नाममा दर्ता भएको कुरा मैले नामसारी दर्ताको कारवाही चलाएको सिलसिलामा मालपोत कार्यालय सुनसरीले ०४०।१।१२ मा गरेको निर्णय पर्चाको व्यहोराबाट थाहा पाएको हुँदा फिराद गर्न आएको छु । महेश्वरले दर्ता गरेपछि रामबहादुरले दर्ता गराएको कि.नं. २२५ को ०–२–१६१२ जग्गाको दर्ता बदर गरी मेरो नाउँमा नामसारी दर्ता कायम गरी पाउँ भन्ने फिराद । ३. वादीले म प्र.पं.को नाउँमा उजूर गर्नु पर्दा कारण खुलाई पूर्व सूचना दिनु पर्ने दिनु भएको छैन, त्यसकारण म उपरको फिराद दावी खारेज गरी पाउँ भन्ने समेत प्र.पं.रामकुमार सुब्बाको प्रतिउत्तर । ४. वादी दावी झुठ्ठा हो । वादीको जग्गा मैले दर्ता गरी लिएको छैन । मेरो दाता चित्रकुमारी र धनकुमारी समेतले साविक दर्तावाला महेश्वर लिम्बुका नाउँमा दर्ता भएको जग्गा खरीद गरी लिएको हो । वादीको दाता र मेरो दाताहरु नै अलग अलग भएको हुँदा वादीको जग्गा दर्ता गराई लिएको होइन भन्ने समेत व्यहोराको रामबहादुरको प्रतिउत्तर । ५. वादीको फिरादपत्र हदम्याद नाघी दर्ता (साविक पेज नं. ३६४) भएको देखिएकोले खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको ०४२।६।३ को फैसला । ६. शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन । ७. वादी दावी खारेज हुने ठहर्‍याई गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने कोशी अञ्चल अदालतको फैसला । ८. शुरु अदालत र अञ्चल अदालतको फैसला बदर गरी दावी बमोजिम गरी पाउन पुनरावेदनको अनुमति पाउँ भनी ऋषिकेश सुवेदीको पू.क्षे.अ.मा परेको निवेदनपत्र । ९. फिराद खारेज गरेको फैसला सदर गरेको कोशी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण देखिएकोले न्या.प्र.सु. (संशो