निर्णय नं. ९९८० - अपहरण तथा शरीर बन्धक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९८० - अपहरण तथा शरीर बन्धक भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०६/०१ १२१०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७४।६।१ मुद्दाः- अपहरण तथा शरीर बन्धक ०७२-CR-१८८७ पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, देवाही गा.वि.स.वडा नं.९ स्थायी घर भई हाल जिल्ला कारागार कार्यालय रौतहट, गौरमा थुनामा रहेको भाग्यनारायण बैठा विरूद्ध प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार ०७२-CR-१८८८ पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, सरमजुवा गा.वि.स.वडा नं.५ स्थायी घर भई हाल जिल्ला कारागार कार्यालय रौतहट, गौरमा थुनामा रहेको मनोजकुमार बैठा विरूद्ध प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार ०७३-CR-००८६ पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, बेनौली गा.वि.स. वडा नं.२ घर भई ऐ. देवपुर गा.वि.स. वडा नं.६ मा बसोबास गरी हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको अमलदेव ठाकुर विरूद्ध प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने । (प्रकरण नं.१३) सह-अभियुक्तको पोललाई विभिन्‍न कोणबाट मूल्याङ्कन गर्दा, विश्‍वसनीय र वास्तविकता प्रकट गरेको देखिन आउँछ भने प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.१५) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री हरिप्रसाद फुयाल, विद्वान् अधिवक्ताहरू श्री अम्बर राउत, श्री टिकाराम भट्टराई, श्री मिलन राई, श्री केदारप्रसाद दाहाल, श्री महेश्‍वर श्रेष्ठ, श्री राजेश्‍वर तिवारी, श्री नारायण झा र श्री प्रभाकर खनाल वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०७२, अंक २, नि.नं.९३५२ सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती भक्तपुर जिल्ला अदालत । पुनरावेदन तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ पुनरावेदन अदालत पाटन । फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- भारत देश स्थायी घर भई हाल भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१६ सुर्यविनायक बाराही स्थान स्थित न्यु मुस्कान सप्लायर्सका सञ्‍चालक राकेश चौधरीको साढे दुई वर्षको छोरा बिटुकुमार चौधरीलाई उक्त सप्लायर्समै काम गर्दै आएको बारा जिल्ला कलैया घर बताउने वर्ष अं.२०/२२ को राजु यादवले मिति २०७१/०२/१४ गते दिनको ४:०० बजेदेखि आफ्नो साथमा लिई फरार रहेको हुँदा खोजतलास गरिपाउँ भन्‍नेसमेत बेहोराको महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंको मिति २०७१/०२/१५ गतेको च.नं.२२६० को खोजतलास गर्नेसम्बन्धीको हुलिया पत्र । बारा जिल्ला, कलैया न.पा. वडा नं.१० स्थितमा फेला परेका अमलदेव ठाकुरले लगाएको पेन्टको बायाँ साइडको खल्तीमा प्याक गरी लुकाई राखेको अवस्थामा ९८१८९४८०४६, ९८१८९४८०४९, ९८०३७०७८७६, ९८१३७०६५१३ नं. को NCELL को सिम कार्ड थान ४, ४ GB को मेमोरीकार्ड थान १, निजको दायाँ खल्तीबाट WING लेखेको मोबाइल र उक्त मोबाइलभित्र NTC को ९८४५४०१४०९ र