निर्णय नं. ९९८१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९८१ - जबरजस्ती करणी भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०४/३२ १०८०० प्रस्तुत मुद्दामा गोपनीयताको लागि जाहेरवाला र पीडितको परिवारको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।४।३२ मुद्दाः जबरजस्ती करणी ०६९-CR-०३६५ पुनरावेदक / वादी : .....................को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली बलीया गा.वि.स. वडा नं.९ बस्ने ध्वजबहादुर रावलको छोरा प्रकाश रावल ०६९-CR-०४३० पुनरावेदक / प्रतिवादी : जोरासिंहको छोरा कैलाली जिल्ला बलिया गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय कंचनपुरमा बन्दी रहेको प्रकाश रावल विरूद्ध प्रत्यर्थी / वादी : .....................को जाहेरीले नेपाल सरकार पीडित महिलाउपर प्रतिवादीहरूले गरेको षड्यन्त्र, आपराधिक नियत र कार्यहरू (Mens Rea and Actus Rea) बाट नै सामूहिक बलात्कार हो वा होइन भन्ने पत्ता लगाउनु पर्ने हुन्छ । सामूहिक बलात्कारको कसुर स्थापित हुनको लागि एउटै वारदातस्थल र समय हुनुपर्छ भन्ने नहुने । छ जनाको समूहमा रहेका यी प्रतिवादीहरूले एक नाबालक महिलालाई नियन्त्रणमा लिई आफ्नो अनुकूलको समय र स्थानमा लगी जबरजस्ती करणी गर्छन् भने उक्त वारदातहरूलाई अलगअलग मानी सजायबाट छुट दिनु न्यायसङ्गत हुन नसक्ने । पीडित प्रतिवादीहरूको नियन्त्रणबाट मुक्त भएपछि मात्र अर्को जबरजस्ती करणीको वारदात भएको भए सो वारदातलाई अलग रूपमा लिन मिल्थ्यो होला तर प्रतिवादीहरूको नियन्त्रणमा रहेकै अवस्था तथा प्रतिवादीहरूकै इच्छाअनुसार स्थान परिवर्तन गरेको अवस्थामा घटेका जबरजस्ती करणीको वारदातहरूलाई एकै शृङ्खला (Chain) अन्तर्गत घटेको वारदात मानी हेर्नुपर्छ । अलगअलग स्थान र समयमा भएको भन्ने आधारमा सजायबाट छुट हुन नसक्ने । (प्रकरण नं.११) गम्भीर अपराधमा कानूनले फरकफरक स्थान र समयमा भएको जबरजस्ती करणी सामूहिकरूपमा भएको जबरजस्ती करणी होइन भनी प्रस्टरूपमा उन्मुक्ति प्रदान नगरेको अवस्थामा कानूनको व्याख्या गर्दा कसुरदारलाई छुट र उन्मुक्ति नहुने किसिमबाट गर्नुपर्छ । समूहगत रूपमा मिली नाबालकलाई नियन्त्रणमा लिई आफ्नो इच्छाअनुसारको समय र स्थानमा शृङ्खलाबद्ध रूपमा जबरजस्ती करणी गरेको यसप्रकारको जघन्य कार्यमा अलगअलग स्थान र समयमा भएको भन्ने आधार लिई अपराधको दायित्वबाट उन्मुक्ति दिनु विधायिकाको मनसायविपरीत त हुन्छ नै पीडितको न्याय पाउने अधिकारको समेत विपरीत हुन जाने । (प्रकरण नं.१३) राज्यको निकायबाट कुनै अभियोग लागी अदालतमा मुद्दा दायर भएको अवस्थामा अदालतमा उपस्थित भई सो अभियोगको खण्डन गरी आफ्नो निर्दोषिता पुष्टि गर्नु वा दोषी ठहर भएको अवस्थामा कानूनबमोजिमको सजाय भोग्नु नागरिकको कर्तव्य हो । कानूनको रीतबमोजिम सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने पनि अदालतले प्राप्त प्रमाणको आधारमा न्यायिक निष्कर्षमा पुग्नु नै पर्ने । प्राप्त प्रमाणबाट सामूहिकरूपमा जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट स्थापित भएको अवस्थामा सहअभियुक्तहरू फरार रहेको भन्ने आधारमा मात्र प्रतिवादीलाई सजायबाट छुट दिनु न्यायसङ्गत हुन नसक्ने । (प्रकरण नं.१४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री कृष्णप्रसाद सापकोटा, विद्वान् अधिवक्ता श्री कलमबहादुर खत्री वादीका तर्फबाट : विद