निर्णय नं. ९९८३ - अबन्डा जग्गा बन्डा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९८३ - अबन्डा जग्गा बन्डा भाग: ६० साल: २०७५ महिना: असार अंक: ३ फैसला मिति :२०७४/११/१३ ११०२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।११।१३ ०७२-CI-०४२२ मुद्दा : अबन्डा जग्गा बन्डा पुनरावेदक / वादी : स्व.किशोरी यादवको छोरा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.३ बस्ने वर्ष ४७ को रामबाबु यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्व.किशोरी यादवको छोरा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.३ बस्ने वर्ष ५१ को रामविनोद यादवसमेत कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभएपनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, पृष्ठभूमि, अवस्था र उक्त सम्पत्तिमा यी मुद्दाको पक्षको संलग्नता, उपस्थिति र लगाव एवं वादीको जीवनप्रतिको अधिकारको अवस्था एवं मनस्थितिसमेतलाई न्यायिक आधारमा हेरी एवं मूल्याङ्कन गरेर नै उक्त सम्पत्ति अबन्डा हो वा होइन ? भनी निर्धारण गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवम् विद्वान् अधिवक्ता श्री राजु कटुवाल अवलम्बित नजिर : ने.का.प. २०६७, नि.नं. ८३७८, पृ.८१४ ने.का.प. २०६९, अंक ६, नि.नं.८८४६, पृ.९५१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या.श्री नारायणप्रसाद श्रेष्ठ महोत्तरी जिल्ला अदालत । पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत जनकपुर । फैसला न्या.तेजबहादुर के.सी.: तत्कालीन पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।०८।०८ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड स्व.पिता किशोरी यादव तथा स्व.आमा वनारसी देवीका म वादी र विपक्षी रामविनोद यादव दुई छोरा रहेको र विपक्षी कुमिन्द्र कुमारी यादव भाउजू हुनुहुन्छ । हामी दुई दाजुभाइबीच मिति २०६५।६।२।५ मा मालपोत कार्यालय, महोत्तरीमा गई र.नं.१०९८(ख) बाट अंशबन्डाको लिखत पारित गरी अंशबन्डा छुट्याई बेग्लाबेग्लै बस्दै आएको र हामी वादी प्रतिवादीबीच सगोलमा रहँदाकै अवस्थामा सगोलको आर्जनबाट विपक्षी भाउजूको नाममा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.४ अन्तर्गत पर्ने सर्वे नापी नभएको बाटोदेखि पूर्व, वुधु यादवदेखि पश्चिम, बाटोदेखि उत्तर र बाटोदेखि दक्षिण यति चार किल्लाभित्रको पूर्व मुखको फुसको छाना भएको घरसमेत भोगचलन गर्दै आएकोमा अंशबन्डाको लिखत पारित हुँदा सो घर घडेरी उल्लेख हुन छुट भएको कारण अबन्डा गोश्वारा सम्पत्तिकै रूपमा रहन गएकोले उक्त घर घडेरी जग्गामध्ये म वादीले भोगचलन गर्दै आएको दक्षिणतर्फबाट आधीको घर जग्गाको बन्डा छुट्याई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । अंशबन्डा नलाग्ने सम्पत्ति भएकोले नै दाबीको घडेरी जग्गा बन्डापत्रमा उल्लेख नरहेकोले वादीको दाबीबाट फुर्सत दिलाई पाउँसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर । प्रतिवादीको साक्षी राजकिशोर यादवले सुरू अदालतमा आई गरेको बकपत्र । सुरू अदालतको आदेशानुसार झिकाएको गा.वि.स. बगडा, महोत्तरीबाट प्राप्त भएको हक भोगका सिफारिस पत्र । दाबीको जग्गा अबन्डा रहेको बन्डा लाग्ने