निर्णय नं. ९९८८ - बन्डा बदर अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९८८ - बन्डा बदर अंश दर्ता भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/११/१६ ८७३८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७४।११।१६ ०७३-NF-००३४ मुद्दाः बन्डा बदर अंश दर्ता पुनरावेदक / वादी : जगन्नाथप्रसाद सिंहको मु.स. गर्ने महोत्तरी जिल्ला धमौरा गा.वि.स. वडा नं. ८ बस्ने राजेशकुमार सिंह विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी धमौरा गा.वि.स. वडा नं.८ मा बस्ने वीरबहादुर सिंहको छोरा तेजनारायण सिंहसमेत भूमिसम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि भरिने सम्पत्तिको ७ नं.फाँटवारी साबिकमा अंशियारहरू अलग भइसकेको र नभएको भन्ने दुवै तथ्यलाई स्पष्ट पार्ने प्रामाणिक महत्त्वको कार्य गर्दछ । यसरी भरिएको ७ नं. फाँटवारीबमोजिमका सम्पत्ति आआफ्ना नाममा दर्ता भइसकेका छन् र सो दर्ता एक प्रकारले समानुपातिक एवं न्यायोचितरूपमा मिलेको र बिक्री व्यवहारको क्रियासमेत भइसकेको देखिन्छ भने त्यसले अंशियारहरू एकआपसमा अलग भइसकेको भन्ने तथ्यलाई पुष्टि गर्दछ भने फाँटवारीअनुसार जग्गाको दर्ता निजका नाउँमा भएको छैन र दर्ता भएपनि सो न्यायोचित एवं समानुपातिकरूपमा भएको र मिलेको देखिँदैन भने त्यसबाट अंशियारहरू साबिकमै अलग भइसकेका रहेछन् भनी भन्न नमिल्ने । (प्रकरण नं.१५) मूल पुर्खामा वा मूल पुर्खाका कुनै हाँगातर्फका सन्तानमा पैतृक वा अचल सम्पत्ति हुनु र अर्को हाँगातर्फको सन्तानमा पैतृक वा अन्य कुनै पनि स्रोतको सम्पत्ति नभई उनीहरू सम्पत्तिको भोग र भागबाट कुनै पनि कारणले वञ्चित हुनुपर्ने अवस्था परेको भए त्यस्तो सन्तानलाई पर्न गएको अन्याय र मर्काको हदसम्म यस अदालतले प्रमाण, प्रचलन, विधि व्यवहारसमेतको मूल्याङ्कन एवं व्याख्याद्वारा केलाएर न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.१६) वादी र प्रतिवादीबीच अंशियार नातामा विवाद नरहेको अवस्था भए पनि वादीका जिजु बाजे, बाजे, पिता र वादीको नाममा नेपालमा कुनै अचल सम्पत्ति नदेखिएको र दर्ता, भोग, तिरो एवं बिक्री व्यवहारबाट पनि वादी प्रतिवादीबाट अलग भएको पुष्टि हुन नसकेको भन्ने परम्परागत शैलीका आधारमा वादीले सबै सम्पत्तिमा पूर्णरूपमा नै अंश भाग पाउने आधार स्थापित हुन जान्छ भनी भन्न मिल्ने पनि नहुने । (प्रकरण नं.१७) नेपालमा रहेको सम्पत्तिको हकमा विदेश वा भारतमा बस्दै आएका अंशियारबीच समेत बन्डा गर्दा भारत वा अन्य मुलुकमा त्यस्ता अंशियारसँग रहेको सम्पत्तिलाई पनि ध्यानमा राखेर नेपालमा पैतृक वा अन्य सम्पत्तिको संरक्षण र जगेर्ना गर्दै बस्दै आएका अंशियारलाई पनि न्याय हुने हिसाबले नेपालमा रहेको सम्पत्तिमा अंशबन्डा गर्ने गरी मुद्दा विशेषको पृष्ठभूमिको आधारमा हाम्रो न्यायिक अभ्यासलाई अगाडि बढाउँदै जानु पर्ने । (प्रकरण नं.२०) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री लक्ष्मीबहादुर निराला, विद्वान् अधिवक्ता श्री वैद्यनाथ झा प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री जयनारायण पौडेल अवलम्बित नजिर : नेकाप २०४२, अंक १२, नि.नं.२५५३, पृ.१०४४ नेकाप २०६३, अंक ७, नि.नं.७७३७ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल महोत्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश