निर्णय नं. १५३३ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३३ - लुटपिट भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/०६ २४०५ निर्णय नं. १५३३ ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको फौ.पु.नं. २७९ फैसला भएको मिति : २०३९।१।६।२ मा पुनरावेदक : जि.सुनसरी मधेशा गा.पं.वडा नं.९ बस्ने घुरनी थरुनीसमेत विरुद्ध विपक्षी : ऐ.ऐ.वार्ड नं.७ बस्ने देवीप्रसाद दाहाल मुद्दा : लुटपिट (१) अदालतको फैसलाले समेत वादी दावी हक स्थापित भई भोग चलन गरी रहेको वादी दावीका जग्गाको बाली लुटपिट गरेको होईन भनी तथ्ययुक्त सबूत प्रमाण समेत प्रतिवादीहरुबाट गुज्रन आएको नदेखिनुका साथै सो वादी दावीका जग्गाको बाली प्रतिवादी समेत भई लुटपिट गरेको हो भनी वादीको साक्षी समेतले किटान बकी दिएको समेत देखिन्छ । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलामा लेखिएको बुँदा प्रमाण समेतको आधारबाट वादी दावीका जग्गाको बाली प्रतिवादीहरुले लुटपिट गरेको ठहराएको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला न्या.बासुदेव शर्मा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१२।४।३ को फैसला उपर पुनरावेदन गर्न न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. मेरो हक भोग चलनको मधैशा गा.पं.वार्ड नं.८ (ग) को कि.नं.१२८ को ज.वि.१–१२–० को ०३१ सालको बाली एक बिगाहामा पटुवा र बार्‍ह कठ्ठामा मकै लगाएको पाकी तयार भएको ०३१।६।२५ गते प्रतिवादीहरुले लुटपिट गरेकोले प्रतिवादीहरुबाट दिलाई भराई पाउँ भन्ने समेतको वादी देवीप्रसाद दाहालको मिति ०३१।९।२२ गतेको फिरादपत्र रहेछ । ३. वादी दावी बमोजिमको बाली हामीले लुटपिट गरेको होइन । दावीको जग्गा ज.मि.को १८ नं.बमोजिम उजुर गरी वादीले हक गराई लिएको छु भनी लेख्न सकेको छैन । वादी दावीबाट अलग गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खसी थरुनी धुरुनी र सत्यनारायण चौधरीको संयुक्त प्रतिउत्तर रहेछ । ४. वादी दावीको जग्गामा मैले लुटपिट गरेको छैन भन्ने समेत प्रतिवादी मुखिलाल चौधरीको प्रतिउत्तर रहेछ । ५. जग्गामा नालेस गर्ने हक समेत कानूनले छुटिसकेकोले सो जग्गाको बालीमा वादीले नालेस गर्ने हक समेत नरहेको हुँदा वादीको बालीमा यो लुटपिट गर्‍यो भन्ने उजुर लाग्न नसक्ने देखिँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३३।१।२९ गतेको सुरु सुनसरी जिल्ला अदालतको फैसला रहेछ । ६. उक्त फैसलामा पुनरावेदन पर्दा दावी खारेज गरेको सुरु जिल्ला अदालतको फैसला मिलेको नहुँदा बदर गरी दिएको छ । यसै मिसिलबाट जे जो बुझ्नु पर्छ बुझी जग्गा लुटपिटमा समेत ठहर फैसला गरी दिनु भनी सुनसरी जिल्ला अदालतमा मिसिल पठाई दिनु भन्ने समेत व्यहोराको को.अञ्चल अदालतबाट मिति ०३५।९।२५ गतेमा फैसला भएको रहेछ । ७. वादी दावीको जग्गाको धान तथा पटुवा बाली लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको सुरु सुनसरी जिल्ला अदालतको मिति ०३५।३।२५ को फैसला रहेछ । ८. उक्त फैसला इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण चौधरी समेतको पुनरावेदन रहेछ । ९. सुरु सुनसरी जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको मिति ०३६।५।६ गतेको फैसला रहेछ । १०. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण चौधरी समे