निर्णय नं. ९९८९ - क्षतिपूर्ति

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९८९ - क्षतिपूर्ति भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७२/०५/३१ ६२२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।५।३१ ०६८-CI-०७१४ मुद्दा : क्षतिपूर्ति पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ८ तिलगंगास्थित यति एयरलाइन्स प्रा.लि. विरूद्ध प्रत्यर्थी / वादी : उपभोक्ता हित संरक्षण मञ्चको पत्रले ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. १० स्थित रेडियो सगरमाथामा स्टेसन मेनेजरको रूपमा कार्यरत घमराज लुइँटेल हवाई सेवा प्रदान गर्ने प्रकृतिको संस्थाले आफ्नो प्राविधिक कठिनाई उल्लेख गरी काबुबाहिरको परिस्थिति पर्न गई भएका ढिलाई सम्बन्धमा उपभोक्तालाई यथाशक्य चाँडो सूचना गरेको अवस्थामा त्यस्तो परिस्थितिलाई अन्यथा भन्न सकिने हुँदैन । तर सेवा प्रदायक संस्थाले लापरवाहीपूर्वक उडान तालिका परिवर्तन गरी उडानको निर्धारित तालिकाविपरीत उडान गर्दा त्यसको परिणाम उपभोक्तालाई क्षति पुग्न गएको अवस्थामा पनि टिकटको सर्त देखाई आफ्नो कुनै पनि दायित्व नै नभएको भनी पन्छिन नमिल्ने । (प्रकरण नं.७) उडान तालिकामा यथासम्भव हेरफेर गर्नुहुँदैन । परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था र काबुबाहिरको परिस्थितिमा पनि मनासिब कारण बताउनु पर्छ । उपभोक्तालाई उडान तालिकामा भएको परिवर्तनको सूचना र जानकारी यथाशक्य चाँडो गराई उपभोक्ताको हितलाई यथाशक्य अप्रभावित रहने काम गर्नुपर्छ । सूचना प्रविधिको चरम विकास भएको अहिलेको समयमा उक्त कर्तव्य निर्वाह गरी उपभोक्तालाई सूचना र जानकारी प्रदान गर्ने कुरा असम्भव कार्य पनि नहुने । (प्रकरण नं.१०) हवाई यातायात सेवा नेपालको लागि आधारभूत र अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यस्तो सेवाको गुणस्तरको निर्धारण हुन अपरिहार्य देखिएको छ । तोकिएको समयमा मनासिब कारणविना नै उडान रद्द गरिनु, उडान रद्द गरिएको पूर्वसूचना उपभोक्तालाई यथासमयमा नदिइनु जस्ता कुरा पनि हवाई यातायातको गुणस्तरभित्र पर्ने । (प्रकरण नं.१४) प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०५४ सुरू फैसला गर्नेः क्षतिपूर्ति समिति पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला प्र.न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०६७।५।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म निवेदक घमराज लुइँटेल विद्युतीय सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति भएको हुँदा सोही कामको सिलसिलामा १ मार्च २००७ देखि ८ मार्च २००७ सम्मको विराटनगरको रेडियो कार्यक्रम सञ्चालनका लागि सोही मितिमा काठमाडौं-विराटनगर जाने र ८ मार्च २००७ मा विराटनगर-काठमाडौं उडान भर्ने गरी यति एअर लाइन्सको टिकट खरिद गरी आफ्नो टिकट समयअनुसार उडान भर्न १ मार्च २००७ का दिन बिहान ८.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएकोमा बिहान ९ बजे उडान हुनुपर्ने विमान पहिले नै उडिसकेको र ८ मार्च २००७ मा फर्की आउँदा पनि विराटनगरबाट काठमाडौंको दिउँसो ३ बजेको उडान हुनुपर्नेमा करिब २ घण्टा ढिलो उडानका कारणले १ मार्चदेखि ८ मार्चसम्मको विराटनगरको कार्यक्रम र काठमाडौंमा फर्की सो स्थानमा गर्न सक