निर्णय नं. ९९९२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९९२ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०२/२८ ३००८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री मीरा खड्का फैसला मिति : २०७४।२।२८ ०७२-WO-०७६० विषय: उत्प्रेषण / परमादेश निवेदक : इब्राहिम हलवाईको मुद्दा सकार गर्ने जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बस्ने ताजुद्दिन हलवाई विरूद्ध विपक्षी : पुनरावेदन अदालत, नेपालगञ्जसमेत मृतकका दैयादारले अ.बं. ६२(३) नं. को म्याद ३५ दिनभित्र अ.बं. ७० नं. बमोजिम मुद्दा सकार गराउन आउने सामान्य व्यवस्था हो । सो म्याद नाघेर मुद्दामा निरन्तर तारेखमा रहेका मृतकको दैयादार छोराले अ.बं. ५९ नं.को सुविधा लिई आफ्नो मुद्दा सकार गराई पाउँ भनी निवेदनसमेत दिएको अवस्थामा अ.बं. ६२ नं. को संकुचित व्याख्या गरी मुद्दा सकार गर्न नदिने हो भनी अ.बं. ५९ नं. ले पक्षलाई दिएको कानूनी अधिकारबाट वञ्चित हुने अवस्था आउँछ । यस सन्दर्भमा अ.बं. ६२ नं. र ५९ नं. लाई एकसाथ हेरिनु न्यायसङ्गत हुन जाने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री राकेशकुमार शर्मा विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शरदकुमार कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधान को धारा ४६ र १३३ (२) (३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ:- वादी इब्राहिम हलवाई प्रतिवादी विपक्षीहरू श्यामबहादुर के.सी. र देवीकुमारी खत्री भई बाँके जिल्ला अदालतमा दायर भएको दूषित लिखत सिफारिस किल्ला तथा दा.खा. दर्ता बदरसमेतको मुद्दामा वादी इब्राहिम हलवाईले म निवेदक ताजुद्दिन हलवाईलाई वारेस राखेकाले / मुकरर गरेकाले अदालतले तोकेको तारेखमा रहने क्रममा मिति २०७२/१२/२८ गतेको तारेख लिएर बसेको छु । यसै क्रममा इब्राहिम हलवाईको मिति २०७२/१/२९ गते मृत्यु भएकाले निजको नजिकको हकदारको हैसियतले मुलुकी ऐन अ.बं. ७० नं. बमोजिम उक्त मुद्दा सकार गरी पाउनको लागि बाँके जिल्ला अदालतमा मिति २०७२/३/२४ गते निवेदन दर्ता गरेको थिएँ । वादी इब्राहिम हलवाईको मिति २०७२/१/२९ गते मृत्यु भएका मितिले मुलुकी ऐन अ.बं. ६२(३) नं. को म्याद ३५ दिनभित्र मुद्दा सकार नगरेकोले सो मुद्दा मुलुकी ऐन अ.बं. १७९ नं. बमोजिम डिसमिस गरिपाउँ भनी श्यामबहादुर के.सी. र देवीकुमारी खत्रीले मिति २०७२/३/२३ गते बाँके जिल्ला अदालतसमक्ष निवेदन दिनुभएको थियो । मैले अ.बं. ७० नं. बमोजिम मुद्दा सकार गर्नको लागि दिएको निवेदनमा कारबाही हुँदा म्यादभित्र सकार गरिपाउँ भनी निवेदन नपरेकाले मुद्दा सकार गराई दिन मिलेन भनी बाँके जिल्ला अदालतबाट मिति २०७२/३/२४ गते आदेश भएको हो । उक्त आदेश बदर गर्नको लागि अ.बं. ६१ नं. बमोजिम परेको निवेदनमाथि कारबाही हुँदा मागबमोजिम मुद्दा सकार गराइदिनु भनी माननीय जिल्ला न्यायाधीशबाट मिति २०७२/५/१० गते आदेश भएको हो । सो आदेशउपर विपक्षीहरूको अ.बं. १७ नं. बमोजिम परेको निवेदनमाथि कारबाही भई मिति २०७२/३/२३ गते दायर भएको डिसमिस गराई पाउँ भन्ने निवेदनमा आदेश नभई मिति २०७२/३/२४ गते दायर निवेदनमा मात्र आदेश भएको भनी पुनः दुवै निवेदनउपर एकैसाथ आदेश गर्नु भनी पुनरावेदन अदालत, नेपालगञ्जबाट आदेश भयो । तत्पश्चात् बाबुको मृत्युपश्चात् पनि छोराले अदालतबाट तोकिएको तारेख निरन्तर रूपमा लिएको देखिएको र तोकिएको तारेख नगुजारेकाले