निर्णय नं. ९९९४ - लिखत बदर दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९९४ - लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/०८/०५ ५५७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।८।५ ०६७-CI-०८३६ मुद्दाः लिखत बदर दर्ता बदर दर्ता कायम पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. ३ बस्ने नन्दीलाल मण्डलसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सप्तरी गा.वि.स. मैन्हासहश्रवाहु वडा नं.१ बस्ने बहुरीदेवी थरूनी वादीको एकसगोलको सम्पत्ति आफ्नै नाताका व्यक्तिले तहतह बिक्री गरेको कुरामा मेरोसमेत अंशहक लाग्ने जग्गा बेचबिखन गरेको भन्ने विषयको विवादमा जग्गा पजनीको १७ नं., जग्गा मिच्नेको १८ नं.आकर्षित हुने नभई मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं.को व्यवस्था आकर्षित हुने । (प्रकरण नं.९) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामचन्द्र सुवेदी वादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०७३, अंक १, नि.नं.९५३३, पृ.८५२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद ओली सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अलि अकवर मिकरानी माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का पुनरावेदन अदालत, राजविराज फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गतको भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- मूल पुर्खा प्यारे चौधरीको तीन छोरामा जेठा स्व.जदु माहिला स्व.रौदी र कान्छा स्व. नाथु रहेकोमा जेठा जदु निसन्तान भएको माहिला रौदीको दुई छोरामा जेठा मुसाई र कान्छा चिचाई चौधरी हुन मुसाइ चौधरीको तीन छोरामा जेठा स्व. डोमी चौधरी माहिला मेरो पति स्व. कानन चौधरी र मबाट कुनै सन्तानको जन्म नभई कानन चौधरी स्वर्गे हुन भएकोले म एक मात्र हकदार रहेको देवर सुखैर चौधरी आजभन्दा १५, १६ वर्ष पहिले बाहिर गई हालसम्म फर्की आएका छैनन् । त्यस्तै चिचाइ चौधरीको एक मात्र छोरा अन्तु चौधरी धेरै वर्ष पहिले छुट्टि भिन्न भई मोरङ गएका नाथु चौधरीको २ छोरामा जेठा मिठु र कान्छा विपक्षी लक्ष्मी रहेको मिठुको सन्तान छोरा छोरी कोही पनि नरहेको यस अवस्थामा विपक्षी लक्ष्मी चौधरीले मेरो अंशहक मार्नको लागि मिति २०४९ सालमा मलाई अंशियार हकदार नदेखाई डोमी चौधरीलाई मात्र प्रतिवादी बनाई आफू वादी बनी जम्मा दुइमात्र अंशियार रहेको बेहोरा उल्लेख गरी जिल्ला अदालत सप्तरीमा दायर गरेको २०४९ सालको दे.नं. ३१०२ को अंश मुद्दामा अंशबन्डा हुने सम्पूर्ण सगोलको सम्पत्तिसमेत नदेखाई दुइ अंश भाग लगाई दिने गरी मिति २०४९।१।१७ मा अंश मुद्दा मिलापत्र गरेको कुरा मिति २०५९।१०।६ मा गाउँघरमा सुनी थाहा पाई विपक्षी लक्ष्मी चौधरीउपर मैले यसै सप्तरी जिल्ला अदालतमा दायर गरेको मिति २०५९ सालको दे.नं. २४९२ को मिलापत्र बदर अंश कायम मुद्दामा दाबी पुग्ने गरी मिति २०६१।४।१८ मा फैसला भएकोमा विपक्षी लक्ष्मी चौधरी तथा डोमी चौधरीले मिति २०४९।१।१७ को मिलापत्रबाट प्राप्त प्रतिवादी लक्ष्मी चौधरीले आफ्नो नाउँ दर्ताको सप्‍तरी जिल्ला, कल्याणपुर गा.वि.स. वडानं.७ कि.नं. ६५१को ०-१०-० जग्गा र.नं. ३८९५ मिति २०४९/११/१० को हालैको बकसपत्र लिखत पारित गरी आफ्नो श्रीमती प्रतिवादी राधादेवी चौधरीलाई दिएको र निजबाट र.नं. ५९५० मिति २०५०/०१/२०, र.नं. ८४९७ मिति २०५५/०३/०८ र र.नं. ८४९८ मिति २०५५/०३/०९ ग