निर्णय नं. ९९९५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९९९५ - उत्प्रेषण / परमादेश भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०५/१२ ८३७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।५।१२ ०६८-wo-०६३३ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ बानेश्वर संगम चोक मार्ग बस्ने प्रचेष्टा राणा विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत निवेदकको हकमा जालसाजी मुद्दाको रोहमा संरक्षकको भूमिकामा अन्य कुनै उनाउ व्यक्ति रहेको नभई निजको एकाघरमा रहिरहेकी आफ्नै आमाले निवेदकको हकमा संरक्षक भई एवं आफ्नो हकमा समेत दायर गरेको उक्त मुद्दा फिर्ता लिँदाको प्रक्रियामा तत्कालीन अवस्थामा संरक्षित रहेकी यी रिट निवेदक नाबालकको हकमा समेत स्वतः मुद्दा फिर्ता हुन जाने नै हुन्छ । त्यसरी दायर भएका मुद्दामा वादी दाबी फिर्ता वा खारेज गरिदिँदा संरक्षित नाबालकको हकको फिराद दाबीलाई मात्र बाँकी राखिराख्न पर्ने बाध्यात्मक कानूनी व्यवस्थासमेत रहेको देखिएको छैन । यस्तो अवस्थामा नाबालकको हकमा दायर रहेको मुद्दामा सोही संरक्षकले मुलुकी ऐन, अदालती बन्दोबस्तको ९२ नं.बमोजिम फिर्ता लिन नसक्ने भन्‍ने अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) आफ्नै आमा जस्ले आफ्नी छोरीको संरक्षण गरिरहेकी छन् उसैले छोरीको हित प्रतिकूल कार्य गर्छ भन्‍ने सोच्न सकिने विषय होइन । स्पष्ट कारणको अभावमा आमाले छोरीको हित प्रतिकूल कार्य गरेको भनी निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा र विद्वान्‌ अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छ:- विपक्षीमध्ये पिता मदनजंग राणा, आमा काहानी राणा र उहाँको कोखबाट विपक्षी दाजु प्रयासजंग राणा, प्रसन्‍नजंग राणा र म निवेदिकाको जायजन्म भएको हो । म निवेदिका यही २०६८ साल असोज २२ गते १६ वर्ष उमेर पूरा गरी नेपाल कानूनअनुसार साबालिक भएको छु । म निवेदिकालगायत अन्य छोराछोरीलाई विपक्षी पिताले २०६४ सालदेखि नै खाने लाउने उचित शिक्षामा ध्यान नदिएकोले हाम्रो भविष्यसमेत अन्धकार हुने भएको र म निवेदिका नाबालिका भएकोले विपक्षी आमाले नै मलाई पालनपोषण तथा शिक्षादीक्षा गराई हाल भाडाको घरमा जीविकोपार्जन गरिरहेका छौं । विपक्षी आमालाई हाम्रो पैतृक सम्पत्ति खोई, हामी काठमाडौंमा धनी परिवार राणाका छोराछोरी किन भाडाको घरमा बसेको भन्दा हाम्रो सम्पूर्ण सम्पत्ति पिता मदनजंग राणाले बिक्री गरी हामीलाई पाटीको बास बनाउनु भयो । विपक्षी पिताले हाम्रो पैतृक सम्पत्ति काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१० को कि.नं. ४०० को क्षेत्रफल ०-१५-३-२ जग्गा र सो जग्गामा बनेको घरसमेत भएकोमा सो सम्पूर्ण बिक्री गरेकोले सोउपर काठमाडौं जिल्ला अदालतमा जालसाजी मुद्दा दर्ता गरेकोमा विपक्षी पितालगायत घर जग्गा खरिद गर्ने विपक्षीहरूले सो मुद्दा गरिरहेकोमा मुद्दा फिर्ता नलिएमा विपक्षी आमालाई समेत मार्ने धम्की दिएकोले म अवला नारीले बाध्य भई मुद्दा छाडी दिएँ भनी विपक्षी आमा काहानी राणाले भनेकोले वास्तविक कुरा के रहेछ भनी विपक्षी काठमाडौं जिल्ला अदालतम