निर्णय नं. ४३२७ - लागू औषध हेरोकइन बिक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३२७ - लागू औषध हेरोकइन बिक्री भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४८/०७/१७ २७९८ निर्णय नं. ४३२७ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २७० फैसला भएको मिति : २०४८।७।१७ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा सेन्ट्रल जेल काठमाडौंमा थुनामा रहेको सोम वान्तवा राई विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : लागू औषध हेरोकइन बिक्री (१) सेवनको लागि सञ्चय गरेको हुँदा क्षे.अ.ले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) अन्तर्गत कायम गरेको कसूर नभई ऐ.ऐनको दफा ४(छ) अन्तर्गतको कसूर हुँदा ऐ.ऐनको दफा १४(घ) (साविक पेज नं. ३६६) अनुसार १ वर्ष कैद र रु. ७,०००।– (सात हजार) जरिवाना हुने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य फैसला न्या.लक्ष्मणप्रसाद अर्याल १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी सोम वान्तवा राइको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार रहेछ । २. लक्ष्मी लामा सुत्ने पलङ मुनि प्लाष्टिकमा पोको पारी कागजले बेरी राखेको औषध ब्राउन सुगर हेरोइन फेला परेको भन्ने समेत मिति ०४४।१।२० को बरामदी मुचुल्का । ३. मेरो श्रीमान सोम वान्तवाले बाहिरबाट खरीद गरी ल्याई बिक्री गर्न मलाई छाडेको हेरोइन मैले बिक्री गर्न नपाउँदै प्रहरीद्वारा खानतलासी हुँदा फेला परेको हो भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौंमा भएको लक्ष्मी लामाको बयान । ४. लक्ष्मी लामा र सोम बान्तवाले लागू औषध नियन्त्रण ऐन (संशोधन सहित), ०३३ को दफा ४(घ)(च) को कसूर गरेकोले दफा १४(ग) अनुसार कारवाही सजायँ हुन अनुरोध छ भन्ने समेत वागमती विशेष अदालतमा दायर भएको मिति ०४४।२।११ को जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रहरी प्रतिवेदन । ५. मेरो डेरामा केही फेला परेन जि.सी.भन्ने इन्सपेक्टरले आफूले लगाई राखेको ज्याकेटको बगलीबाट पुरिया झिकी देखाई मलाई पक्राउ गरी कारवाही चलाएको हो । अभियोग अनुसार मैले कसूर गरेको होइन भन्ने समेत लक्ष्मी लामाले वागमती विशेष अदालतमा गरेको बयान । ६. मैले हेरोइन सेवन गर्ने गरेको श्रीमतीलाई थाह छैन । बिक्री गर्ने गरेको छैन सेवन गर्ने गरेको मात्र हो । बिक्री गर्ने गरेको भए श्रीमतीले थाह पाउथी भन्ने समेत व्यहोराको सोम वान्तवाको बयान । ७. लक्ष्मी लामा सुत्ने पलंग मुनि प्लाष्टिकमा पोको पारी कागजले बेरी राखेको लागू औषध २५ ग्राम बरामद भएको हो भन्ने समेत बरामदी मुुचुल्काका मानिस प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठको बकपत्र । ८. आफूले लागू औषध सेवन गर्ने र बाँकी रहेको बिक्री गर्ने प्र.सोम वान्तवा मुख्य अभियुक्त भई निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(क) को कसूर गरेको ठहरी लागू औषधको मात्रा र दूव्र्यसनी भएको स्थिति समेत विचार गरी ऐ.ऐनको दफा १४(ग) अनुसार कैद वर्ष ७ र जरिवाना रु. २०००।– हुन्छ । प्र.लक्ष्मी लामाको हकमा सोम वान्तवाको अनुपस्थितिमा निजको अरोट बमोजिम कार्य गरेको देखिन आएकोले पतिको सहयोगसम्म मान्नु परी ऐ.ऐनको दफा १७ को कसूरमा पारिवारिक स्थिति पतिलाई भएको सजायँ समेत दृष्टिगत गरी कैद वर्ष ३ र जरिवाना रु. १०००।– हुने ठहर्छ भन्ने समेत वा.वि.अ. को मिति ०४६।२।२० को फैसला । ९. प्र.लक्ष्मी लामाको हकमा लागू औषध नियन्त्रण ऐ