निर्णय नं. ९९९९ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९९९९ - सम्बन्ध विच्छेद भाग: ६० साल: २०७५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०१/२८ ४६००१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।१।२८ ०६७-CR-०७२६ मुद्दाः सम्बन्ध विच्छेद पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ नक्साल बस्ने पुरण शमशेर ज.ब.रा. की श्रीमती किरण राणा विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ नक्साल घर भई हाल ऐ.का.म.न.पा. वडा नं.४ बालुवाटारमा डेरा गरी बस्ने पुरण शमशेर ज.ब.रा. आमा, छोरा, छोरी र श्रीमतीको रक्षा-शिक्षाको जिम्मेवारीबाट उम्की घरै छोडी हिँड्ने लोग्नेले आफ्नी श्रीमतीसँग निजको मन्जुरी नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने मनसाय मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं.को देहाय १ को कानूनी व्यवस्थाको नभई श्रीमतीले श्रीमान्को मन्जुरीबेगर घर छाडी अलग बसेको हकमा मात्र आकर्षित हुने हुँदा उक्त कानूनी व्यवस्थाले प्रत्यर्थी वादीलाई सम्बन्ध विच्छेद गर्न छुट दिएको भन्न नमिल्ने । (प्रकरण नं.३) पत्नीले घर परिवारको (सासु र बालबच्चाको) जिम्मा लिई घरमा बस्दा घरको आर्थिक व्यवहार मिलाउनका निम्ति अंश लिनसक्ने तर पारिवारिक पहिचान (Identity) र सामाजिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी बस्नसक्ने नै हुन्छन् । अतः पत्नीले अंश लिएमा पतिलाई आफ्नी पत्नीसँग विवाहवारीको महलको १० नं. ले अर्को विवाह गर्नसक्ने भन्नुको अर्थ सम्बन्ध विच्छेद गर्न बाटो खुलेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मुकुन्द शर्मा पौडेल र विद्वान् अधिवक्ता श्री सशिनाथ मरासीनी अवलम्बित नजिर : नेकाप २०६७, अंक १०, नि.नं.८४८७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : श्री लेखनाथ घिमिरे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : श्री देवेन्द्र गोपाल श्रेष्ठ श्री दिनेश कुमार कार्की पुनरावेदन अदालत पाटन फैसला न्या. सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी किरण राणा र मबीच धार्मिक परम्पराअनुसार विवाह भई १ छोरा प्रसुन शमशेर र १ छोरी करिस्माको समेत जायजन्म भइसकेको छ; १५।१६ वर्ष अगाडिदेखि मबाट छुट्टै बसी मेरो उपचार नगरी उल्टै मानसिक यातनासमेत दिई मेरो पैतृक सम्पत्तिमा समेत निजले नै भोगचलन गरिरहेको छ; यसैगरी विपक्षी किरण राणाले यस अदालतमा अंश मुद्दा दायर गरी हामी ४ जना अंशियारमध्ये छोरी र आमाको समेत अंश लिई भिन्न बसेको अवस्थामा हामीहरूबीच सम्बन्ध विच्छेद गरी छुट्टिई जीवनयापन गर्न उचित ठानेको हुँदा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्नेसमेत बेहोराको वादी पुरण शमशेरले काठमाडौं महानगरपालिकामा पेस गरेको निवेदन पत्र । मलाई सम्बन्ध विच्छेद गर्न मन्जुर छैन । आधा उमेर पार गरेपछि छोरा छोरीको विवाह नहुँदैको अवस्थामा समेत लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न उपर्युक्त हुन्न । विपक्षीले पलायनवादी नीति अवलम्बन गर्नुभएको देखिन्छ । आफ्नो सामाजिक, व्यावहारिक र नैतिक कर्तव्यबाट मानिसले विमुख हुन हुँदैन । लोग्ने स्वास्नीको सम्बन्ध सम्पत्ति र अंशमा मात्र सीमित हुँदैन । स्वास्नीको मन्जुरीबेगर कुलत र कुसङ्गतम